दाङ क्षेत्र नं.२ प्रतिनिधिसभा : शर्माको तेस्रो संसद् यात्रा, पोख्रेलको तेस्रो हार

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, ९ मंसिर । नेकपा एमाले महासचिव शंकर पोख्रेल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका महासचिव पोख्रेल गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (माओवादी) केन्द्रकी स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री रेखा शर्मासँग १ सय ९६ मतले पराजित भएका हुन् ।

निर्वाचनमा खसेको ७९ हजार ४ सय ३७ मत गणना हुँदा प्रतिनिधिसभा सदस्यमा विजयी शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित भएका हुन् । यो जितसँगै शर्मा तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा बनेकी छिन् भने एमाले महासचिव पोख्रेल दोस्रो पटक निर्वाचित संसद बनेर प्रतिनिधिसभा प्रवेश गर्ने अवसर गुमेको छ ।

२०७० र २०७४ सालमा गरी दुई पटक समानुपातिक सांसद बनेकी नवनिर्वाचित शर्मा एकपटक सामान्य प्रशासनमन्त्री समेत बनिसकेकी छिन् । नेकपा एमाले महासचिव पोख्रेललाई पराजित गरेर शर्माले पहिलो पटक निर्वाचित संसद्का रूपमा प्रतिनिधिसभा प्रवेश गर्ने अवसर प्राप्त गरेकी छिन् । २०५१ सालमा दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेस नेता दीपक गिरीलाई हराएर पहिलो पटक सांसद बनेका पोख्रेल २०५६ सालयता कुनै पनि निर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बन्न सकेका छैनन् । पोखरेल २०५६ सालमा कांग्रेसका उम्मेदवार कृष्णकिशोर घिमिरे र २०७० सालमा दोस्रो पटक दाङ क्षेत्र नं. ४ मा कांग्रेसकै उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजित भएका थिए ।

२०६४ मा समानुपातिक सांसद बनेका पोखरेल २०७४ सलामा दाङ क्षेत्र नं. २(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालमाको निर्वाचनमा क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा २१ हजार बढी मतले विजयी भएर उनी लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेर दाङको विकासका लागि गरेका कामहरूका कारण निर्वाचन जित्नेमा विश्वस्त थिए । निर्वाचनका क्रममा अधिकांश ठाउँमा प्रदेश राजधानी दाङ ल्याउनेदेखि जिल्लामा भौतिक, स्वास्थ्यलगायतका क्षेत्रमा गरेका कामहरूको प्रचार गरिरहे ।

अंकगणितमा गठबन्धनका उम्मेदवारभन्दा तल परे पनि पोख्रेल निर्वाचन जित्नेमा ढुक्क थिए । सोही कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ देखि चितवन, रुपन्देही, बाँकेको नेपालगञ्जलगायतका ठाउँहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तराईका जिल्लाहरूमा फोरमसँग तालमेल गर्दा समेत दाङमा महासचिव पोखरेलले राप्रपासँग तालमेलका लागि प्रयास समेत गरेनन् ।

२०७४ सालमा यस क्षेत्रबाट निर्वाचिन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पछि हटेपछि गठबन्धनबाट उठेका उम्मेदवार रेखा शर्मालाई कमजोर सम्झनु, माओवादीसँगको गठबन्धनले गर्दा कांग्रेसको असन्तुष्ट मत आपूmलाई आउने र मुख्यमन्त्री बन्दा दाङको विकासका लागि काम गरेकाले जनताको मत आफ्नो पक्षमा आउने हुँदा निर्वाचन जित्नेमा विश्वास्त थिए ।

कांग्रेसको असन्तुष्ट मत यसपटक घण्टीका उम्मेदवारलाई जानु र दाङमा राप्रपासँग तालमेल नहुँदा महासचिव पोखरेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन महँगो हुनपुगेको दाङमा विश्लोषण हुनथालेको छ । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उठेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भोलानाथ योगीले दुई हजार २ सय ७३ मत प्राप्त गरेका छन् । यसैबीच दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित उम्मेदवारहरूको यो जित कुनै पार्टी वा व्यक्तिको भन्दा पनि दङाली जनताको जित भएको बताएका छन् । उनीहरूले यो जितलाई दाङको समृद्धिसँगै निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नका लागि खड्ने बताएका हुन् ।

विजयीपछि जिल्ला समन्वय समितिदेखि अदालत, कृषि सामग्री कम्पनी, तुलसीपुर चोक हुँदै शहीदगेटसम्म भएको विजयी ¥यालीलाई सम्बोधन गर्दै उम्मेदवारहरूले दाङको विकासका लागि आपूmहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यसका लागि प्रदेशको स्थायी राजधानीमा संरक्षण निर्माण गरेर मन्त्रालय ल्याउनेदेखि दाङको भविष्यसँग जोडिएको फोरलेन सडक निर्माण गर्नेलगायतका जनतासँग गरेका प्रतिबद्धतामा कत्ति पनि तलमाथि हुन नदिने भन्दै प्रतिबद्धताहरू पूरा गर्नका लागि आपूmहरूलाई सधैँभरि खबरदारी गर्न समेत मतदातालाई आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराले यो जित प्रतिगमनका विरूद्धमा भएको बताए । उनले प्रतिगमणका विरूद्धमा गठबन्धन निर्माण भएको भन्दै गठबन्धनलाई विश्वास गरेर निर्वाचनमा जनताले जिताउनु नै प्रतिगणलाई गत्तिलो पाठ भएको बताए । ‘यो गठबन्धन प्रतिगमणका विरूद्धमा थियो, समृद्धि, सुशासन र विकासका लागि बनेको थियो ।

जसलाई जनताले विश्वास गरेर निर्वाचनमा जिताएका छन्’, उपाध्यक्ष महराले भने, ‘यो जनताका लागि अन्त्य खुसीको कुरा हो, दाङको भविष्यका लागि सुखद् हो ।’ उनले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दाङको विकासका लागि जनतासँग गरेको प्रतिबद्धताअनुसार अघि बढ्न समेत आग्रह गरेका हुन् । कार्यक्रमलाई सम्बाधोन गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले गठबन्धनको जित जनताको जित भएको बताइन् । उनले जनताको जित भएकाले दाङको विकास र समृद्धिका लागि कुनै पनि कसर बाँकी नराख्ने गरी आपूmहरूले काम गर्ने बताइन् ।

यसैगरी प्रदेशसभा सदस्य राजु खनालले आप्mनो क्षेत्रको विकाससँगै प्रदेशको स्थायी राजधानीमा जतिसक्यो चाँडै राजधानीका लागि संरचनाहरू निर्माण गरेर मन्त्रालयहरू ल्याउन पहल गर्ने बताए । यसैगरी कार्यक्रममा प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले यस क्षेत्रको विकासका लागि आपूmले योजनाबद्ध रूपमा काम गर्ने बताए । जनतासँग गरेका प्रतिबद्धताहरूकै कारण आज गठबन्धनका उम्मेदवार बिजयी भएको भन्दै नवनिर्वाचित नेता न्यौपानेले निर्वाचनका क्रममा जनताको घरदैलोमा पुग्दा देखेका समस्याहरू जसरी पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस घोराही नगरसभापति तिलक रावतले गरेका थिए ।