दाङ, ९ मंसिर ।दाङ क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ ले प्रदेशसभामा आफ्नो उपस्थिती आम मतदाताको प्रतिनिधित्व भएको बताएका छन् ।
आफूमात्रै उम्मेदवार नभई सबै मतदाताहरु उम्मेदवार रहेको र अहिलेको जित पनि आफ्नो मात्रै नभई सबै मतदाताको जित रहेको उल्लेख गरेका छन् । आफ्नो विजयी पश्चात मतदाता तथा शुभेच्छुकहरुलाई धन्यवाद दिँदै गुन्टुले भनेका छन् ‘यो मेरो व्यक्तिगत जित हैन, तपाई हाबी सबै मतदाताहरुको जित हो ।
चुनावका क्रममा आफूले गरेका प्रतिवद्धता कार्यान्वयन गर्न आफू कदापी नचुक्ने गुन्टुले उल्लेख गरेका छन् । आम नागरिकका मौलिक अधिकार प्राप्तीका लागि आफू जनप्रतिनिधि बनेको भन्दै उनले भनेका छन् ‘म आम नागरिकका मौलिक अधिकार प्राप्तीका लागि जनप्रतिनिधि बनेको हुँ, मेरो अबको मुख्य अभिभारा भनेको नागरिकको मौलिक अधिकार प्राप्ती नै हो, यसका लागि म सशक्त रुपमा लड्छु ।’
साथै उनले आम मतदाताहरुको मनोभाव अनुसार मतदाताहरुलाई न्याय दिलाउनेमा आफू प्रतिवद्ध रहेको भन्दै प्रतिवद्धताबाट किमार्थ नचुक्ने समेत बताएका छन् ।