बढ्दो आत्महत्या

युवराज शर्मा
आत्महत्या गर्नेमा चीन अगाडि छ । मानिसको उमेर १४ वर्ष देखि ४० वर्षको व्यक्तिहरुमा बढी आत्महत्या गरेको पाइन्छ । यस्तो उमेरमा आत्महत्या गर्नु मानसिक कारण मात्र मानिन्न । यस्तो जनसंख्याले दोस्रो देश हो । चीनको जनसंख्या विश्वमा धेरै छ । जनसंख्याका आधारमा हेर्दा पहिलो मानिन्छ । धेरै जनसंख्या भएको देश चीन र भारत भए पनि आत्महत्याको देशहरुमा ४० प्रतिशत आत्महत्या हुने देश दुवै देश पर्छन् । प्रति दशमलवमा १६ जनताले आत्महत्या गरेको पाइन्छ ।

गरिब र विपन्न परिवारमा हुने आत्महत्यालाई हेर्दा खाद्य समस्या नै हो । सम्भ्रान्त परिवारमा हुने आत्महत्या धरपरिवारबाट पाएको मानिसको यातना र हिंसा नै हो । यस्तो वातावरण सम्भ्रन्त परिवारमा धेरै पाइन्छ । ठूलोवर्ग र सानोवर्ग बीचमा हुने सामाजिक भेदभाव पनि हो । गरिब परिवारको मागी विवाह होस् वा भागी विवाह होस्, त्यस्तो पारिवारिक संगठनमा मेल खाँदैन । धनीले गरिबलाई हेप्ने चलन परापूर्वदेखि थियो । अहिले पनि छ । यसको प्रभाव संस्कार र संस्कृतिमा निर्भर हुन्छ ।

सम्भ्रान्त परिवारमा गरिब परिवारको केटीमा आत्मानुशासनको कमी कमजोरी सम्भ्रान्त घरमा हुन्छ । त्यस्ता विषयको ज्ञान आसुमाले सिकाउनु पर्ने हो, त्यसो हुन सकेको पाइन्न । त्यस्तै सम्भ्रान्त परिवारको केटी गरिब परिवारमा बुहारी बन्न गएपछि उनमा अहंकार बढ्छ । आफूलाई हीनताबोध गर्छन् तर युवकसँग प्रेम बन्धनमा बाँधिदा सुखानुभूति गर्नेले केटाको घरमा गएपछि हीनताबोध गर्ने मानवीय प्रवृत्तिका कारण आत्महत्या गर्ने गर्छन् । यस्तो आत्महत्या हुनु मानसिक हीनताबोधबाट हुन्छ ।

छिमेकी देशको प्रभाव नेपालमा पर्छ । अझ भारतसँग सीमा खुलाका कारण र भारतीय केटी नेपालमा विवाह हुने प्रचलन छ । त्यस्तै नेपाली चेलीहरु पनि भारतीय केटासँग विवाह भएर जान्छन् । दुवैतर्फको माइतीहरुमा तिलक प्रथा कडा छ । त्यसकै कारण आत्महत्या बढेको छ । त्यसकारण आत्महत्या गर्नेहरुको संख्या पनि भारतमा बढेको छ । कतिपय चेलीहरु भारतमा बेचिएका छन् । उनी नेपाल फर्कने वातावरण बन्दैन । अन्त्यमा उतैतर्फ उनीहरुले हीनताबोध गर्छन् र आत्महत्या गर्छन् । यो पनि मानसिक कारण हो ।

त्यस्तै विद्यार्थीहरुमा हुने आत्महत्या परीक्षाको परिणम र पढाइको हीनताबोध बढेर हो । एउटै कक्षामा पढ्ने केटाकेटीबीचमा पढडाइभन्दा प्रेमपे्रमिकाको बन्धनमा हुन्छन् । घरमा उनीहरुको प्रेम प्रशंगलाई स्वकारेनन् वा सामाजिक अड्चन भयो भने दुवैले आत्महत्या गरेको पाइन्छ । यस्तो आत्महत्या मनोवैज्ञानिक प्रभावको कारण हो भन्न सकिन्छ । यस्ता विषयहरुमा घरपरिवारले केटोकेटीसँग व्यवहार गर्दा ख्याल गर्नुपर्छ । प्याच्च बोल्न र भन्नु हुँदैन । उनीहरुलाई सम्झाएर बुझाएर टिनयजको व्यवहार गर्नुपर्छ । वैवाहिक सम्बन्ध घरपरिवार सुखमय हुँदैन । काउन्सिलिङ गर्नुपर्छ । टिनयजको प्रियड लहडमा हुन्छ ।

अहिले नेपालका गाउँबस्तीहरुमा वृद्धवृद्धाहरुले घर रुङ्ने र तरुना तन्नेरीहरुले रोजगारका लागि परदेश जाने चलन फेशन जस्तो भएको छ । घरमा बाबुआमा, बाजेबोईको दूरावस्था देखि टाढिएर बस्नुपर्दाको पीडा हीनता र अशक्त अवस्था पुग्छ । मनलाई स्थिर बनाउन सक्दैनन् त्यस्ता वृद्धवृद्धाहरुले बाँच्नुभन्दा मर्नु असल ठान्छन् । अन्त्यमा आत्महत्या गर्छन् । आत्महत्या गर्नेहले विष सेवन गरेर, डोरीमा झुण्डिएर, धारिलो हतियारले आफूलाई आफैले हानेर, भिरबाट हाम फालेर, अग्लो घर वा कौसी वा बारदली वा छतबाट आत्महत्या गरेको देखिन्छ, पाइन्छ पनि ।

तर यस्तो आत्महत्या सम्बन्धमा सरकारी नियकालाई थाहा हुँदैन । उनीहरुले सुधारका प्रयास पनि गर्दैनन् । गाउँले केटाकेटीहरुको आत्महत्या, विद्यार्थीहरु बीचमा हुने आत्महत्या, वृद्धवृद्धाहरुमा हुने आत्महत्याका प्रकृति र प्रवृत्तिहरु फरक–फरक भए पनि यस विषयमा मनोवैज्ञानिक ध्यान नपुगेको हो अथवा सरकारले यस विषयमा खोजको विषय नठोको हो ? सचेत नागरिकले बुझ्न सकेका छैनन् । चीन र भारत यस विषयमा अनभिज्ञता दर्शाउँछन् । अन्य साना राष्ट्रहरुले सोच्न र बुझ्न सकेका छैन । दुःख मनाउने मात्र गर्छन् ।

बढ्दो आत्महत्याका विषयमा अध्ययन अनुसन्धान हुनुपर्छ । यसमा सुधारात्मक योजना लागू गर्नु पर्छ । यसतर्फ सरकारको ध्यान गएको छैन । समयमा ध्यान जानुपर्छ । बढ्ने विद्यार्थी, निर्वाचनको परिणामले पीडित भएका उम्मेदवारहरु, रोजगार नपाएर पीडित भएका युवावर्ग र हिंसा पीडित महिलाहरु धेरै संख्यामा पाइन्छन् । यस्ता वर्गलाई सरकारले ठिक तरिकाबाट काउन्सिलिङ हुन सकेको पाइन्न । यसले के देखाउँछ भने सरकारी कार्यशैली समाजोपयोगी नभएर व्यक्तिवादी चरित्रमा सीमित भयो । यसबाट युवा, वृद्धवृद्धा र महिलावर्गमा नैराश्यता बढ्दै गयो ।

जसको परिणाम आमवर्गमा वितृष्णा बढेको पाइन्छ । गणतन्त्रले ५ वर्षमा उपलब्धिमूलक कार्य नागरिकलाई अनुभूति हुन सकेन । अब आउँदो दिनमा नेतृत्ववर्गमा कस्तो नीति, वातावरण हुने हो ? त्यसमा गणतन्त्रको अवस्था देखिनेछ । सामाजिक वातावरण कस्तो बन्ने हो ? राजनीतिज्ञहरुको सोच र समझदारी कसरी बढ्ने हो ? त्यसैमा हाम्रो समाजमा आत्महत्याको वातावरण शान्त हुने आशा नागरिकको छ ।

देशमा बढ्दो महँगी बेरोजगारी, कृषिमा देखिएको समस्यामा मल, बिउ, ओखती र औजारहरुको महँगीले खेतीपातीमा बढ्दै गएको ह्रासलाई उच्च मूल्यांकन गरी समस्या समाधान गर्नुपर्ने छ । अर्कोतर्फ बढ्दो सहरीकरणले गर्दा कृषियोग्य जमिन प्लटिङ भइरहेका छन् । यस्तो वातावरणलाई मत्थर गर्नुपर्छ । खाद्यमा निर्भर बनाउने कार्य गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक, यातायात, खानेपानी, सिंचाइ प्रबन्ध मिलाउनुपर्नेछ । यस्तै–यस्तै समस्यामा नागरिक पीडित बनेर आत्महत्या बढेको वातावरण देखिन्छ । यसमा सरकारी अध्ययन हुनुपर्छ र आवश्यक सुधार गर्नुपर्छ ।