सुभाष न्यौपाने
आम निर्वाचन २०७९ मा कूल मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार ७० मध्ये एक करोड ९७ लाख ३ हजार २७ मतदाताले मतदान गरेका छन् । यो कूल मतदाता संख्याको ६१ प्रतिशत हो । मुलुकमा बहुदल आएको ३० वर्ष पछिको मतदानमा अनुपातमा मतदाता संख्या बढे पनि मत प्रतिशत भने घटेको देखियो ।
आम निर्वाचन २०७९ मा कूल मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार सत्तरी मतदाता थिए भने प्रतिनिधिसभाका कूल उम्मेदवारको संख्या चार हजार ६ सय ११ रह्यो भने प्रदेश सभातर्फ ६ हजार नौ सय ३२ उम्मेदवार चुनावी मैदानमा देखिए । ०७९ को आम निर्वाचनमा विशेष गरी असन्तुष्टि र अपेक्षाका साथ सम्पन्न भएको छ । जसको मत परिणाम पनि क्रमशः आइराखेको छ भने नतिजा सोही अनुसार नै प्राप्त भइरहेको देखिन्छ । ०७४ को आम निर्वाचन सम्पन्न भएपछि ०७९ को निर्वाचनसम्म आइपुग्दा करिब २५ लाख ६० हजार मतदाता थपिएको अनुमान छ । त्यस्तै ११० सिट समानुपातिक तर्फको रहेकोमा जम्मा २ हजार एक सय १९ व्यक्ति बन्दसूचीको लिस्टमा परेका छन् । यस वर्षको निर्वाचनमा युवा उम्मेदवार अर्थात् ४० वर्ष मुनिको संख्या र प्रतिशत केही बढेको देखिन्छ ।
प्रत्यक्षतर्फ कूल उम्मेदवारको संख्यामा ३१ प्रतिशत अर्थात् ७५९ रहेका छन् । प्रत्यक्षतर्फ १६५ सिट प्रतिनिधिसभामा रहेका २ हजार चार सय १२ उम्मेदवारमध्ये २२५ महिला र २ हजार एक सय ८७ पुरुष रहेका छन् । जुन कूल उम्मेदवार संख्याको ९ प्रतिशत महिला उम्मेदवारको संख्या हुन आउँछ । उच्च सन्तुष्टिका साथ सम्पन्न भएको ०७९ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वचनमा केही युवा र उजाका स्रोतहरु पनि प्रतिनिधित्वमा पुगेको देखिन्छ । आजका मतदाताहरुले दलप्रति आक्रोश र युवाप्रति आशा र भरोसा गरेको देखिन्छ ।
त्यसैले यस पटक निर्वाचित सबैजना प्रदेश तथा प्रतिनिधिसभाका सदस्इहरु युवावान युवा बन्नुलाई तिमी ६० वर्षबाट ४० मा आउनु पर्दैन । आफ्नो सोच्न ४०को गराउन हिम्मत बढाउ अठोट लेउ । यदि तसो गर्न सक्तैनौ भने ठाउँ खाली गरिदेउ । ती पच्चीसे र चालिसेलाई हराएर तिमीहरुलाई दिएको मत तिम्रो दास भएर होइन तिमी सच्चिन्छौ कि भनेर हो । अब यदि तिमीहरु सच्चिदैनौ भने तिमीहरु कुलंगार र कलंक हौ । जनताले बुझेका छन्, लोकतन्त्र भनेको बहुलवादमा आधारित बहुदलीय व्यवस्था हो । तिमीहरुले के बुझ भने मैले जति मेरा मतदाताले पनि बुझेका छन् । ढाँटेर सधैँ खान पनि पाइँदैन, बाठो पनि भइँदैन । जुन दिन मतदाताले मतदान गरे त्इस दिन मतदाताले आफूलाई सर्वाधिकार सम्पन्न मानेका छन् ।
किनभने मतदाताको मतबाट विजयी उम्मेदवार नै मुलुकको विधान र ऐनलाई मुलुकको आवश्यकता अनुसार परिमार्जन र संशोधन गर्नसक्छ । यस पटकको मंसिर ४ मुलुक हाक्ने प्रतिनिधि चुन्ने दिनको रुपमा हामीले चित्रण ग¥यौँ । मुलुक हाक्ने प्रतिनिधि भनेको मुलुकलाई भडखालोमा हाल्ने प्रतिनिधि नभएर मुलुकलाई सुमार्ग दर्शन गर्ने प्रतिनिधि चुन्ने दिनको रुपमा बुझ्नु पर्छ । एक करोड ७९ लाख मतदाताले चुनेका मुलुक हाक्ने प्रतिनिधि के मुलुक र जनता विरोधी होलान् त ? निर्वाचन परिणामपश्चात कसको नेतृत्व र कसको सरकार भन्ने कुरा चाहिँ नतिजाले निर्दिष्ट गर्नेछ । यसपालिको मतपरिणामले पनि के बुझाउने अपेक्षा गरेको छ भने अब कोही साँढे बन्न पाउँदैनन् । अहिलेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा स्थानीय निर्वाचनभन्दा बढ्ता विद्रोह देखिएको छ ।
परिणाममा अग्रता र नेतृत्व जसले गरे पनि साना दल स्वतन्त्र उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण बढेको पाइन्छ । अब हामी पुराना दल र ठूला पार्टी भनेर कसैले फुइँ नगरे हुन्छ । आफू सच्चिने र आफ्नो राजनैतिक दललाई जसले जनमुखी बनाएर लैजान सक्छ त्यसैले नेतृत्व गर्नसक्छ । पुराना र ठूला भन्ने दलले व्यक्तिगत रुपमा जसले जति क्षेत्र जिते पनि वीपी र पुष्पलालमाथि अन्याय गरिरहेका छन् ।
पाँच महिना अगाडि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं, चितवनलगायतका जिल्लाहरुमा हातपारेको परिणामले के बुझाउँछ भने आफूलाई ठूलो नेता भन्न रुचाउने ठूला दलका नेताहरुलाई तिमीहरु सच्यौ है भन्ने सन्द्येश दिएको बुझ्नु प¥यो । याद राख राजनैतिक दलका नेताहरु मेधस राजनीति अनुमोधन भइसक्यो । थरुहट राजनीति अनुमोदन भइसक्यो । याद राख तिमीहरुल्े बुद्धि नपु¥याएर मुलुक र मुलुकबासीलाई दुःख दिने परिस्थिति सिर्जना ग¥यौ भने तिमीभन्दा ठूलो अपराधी अर्को कुनै हुनेछैन ।
जुनसुकै दलको भए पनि तिमी युवाहरु मुलुक र मुलुकबासीका निम्ति अप्ठेरो नबन । जनता त तिम्रा ईश्वर हुन् । जनताको मतले जित्नेहरु जनतालाई अपमान गर्न खोज्यौ भने तिमीहरु अपराधी ठहर्ने छौँ । मतदानको प्रतिशत हेर्ने हो भने प्रदेश नं. १ मा ५७ प्रतिशत बागमतीमा ६१ दशमलव ५ प्रतिशत, गण्डकी ६० प्रतिशत, लुम्बिनी ६० प्रतिशत, हेर कर्णाली ६३ प्रतिशत, सुदूरपश्चिम ५९ दशमलव ७७ प्रतिशत आम निर्वाचन २०४८ मा कूल मतदाता संख्या १ करोड ११ लाख ९१ हजार ७ सय ७० मध्इे ७२ लाख ९१ हजार ८४ मत खसेको थियो ।
त्यस्तै ०५१ को मध्यावधिमा १ करोड २३ लाख २७ हजार ३ सय २९मध्ये ७६ लाख २५ हजार तीन सय ४८ मत खसेको थियो । आम निर्वाच्न ०५६ मा भएको निर्वाच्नमा जम्मा मतदाता संख्या १ करोड ३५ लाख १८ हजार ८ सय ४९ मध्ये ८८ लाख ९४ हजार पाँच सय ६६ मत खसेको थियो । ०५६ सालको आम निर्वाचनमा खसेको मतको प्रतिशत हेर्दा ६५ दशमलव ७९ प्रतिशत थियो भने मतदाता संख्या ५० लाख अहिले ५० लाख भन्दा माथिको संख्यामा मतदाता संख्या बढ्दै जाँदा ६१ मत खस्नु भनेको दुर्भाग्य हो । जसले जहाँबाट जिते पनि मतदाता संख्या बढ्नु र मत प्रतिशत घट्नु राम्रो कुरा होइन ।
यदि मुलुकमा अब कोही पनि हिटलर र मुसीलीन बन्न खोज्छ भने त्यसको गुञ्जायस छैन । पार्टीभित्रको निर्वाचनमा अझै पनि फलानोलाई जिताऔँ र फलानोलाई हराऔँ भन्नेहरु अब फेरि पनि विजयी हुने अवस्था आयो भने राजनेतिक दल फेरि पनि विखण्डन खर्थात् अराजकतातर्फ जानसक्छ । त्यसैले सचेत मदता र सजक उम्मेदवारले के बुझ्नुपर्छ भने देश र जनतालाई कसले सदैव शिरमा राख्न सक्छ ? त्यस विषयलाई अत्यन्त राम्रोसँग बुझ्नु जरुरी छ ।
ठूला राजनैतिक दल भन्नेहरु हो निर्वाच्नको परिणामलार्य हेर्ने गर, तिम्रो र तिमीसँग प्रतिस्पर्धा गरेर आउनेहरुको अनुहारमा हेर्ने गरी तिम्रो र तिम्रो छायाँ कस्तो देख्छौ ? स्वतन्त्र भन्नेहरुलाई जिताउने उद्देश्य जनताको पनि होइन तर तिमीहरुको अराजक गतिविधि र अनैतिक कार्यको जनताले विरोध गरेको मात्र हो । कुण्ठायुक्त राजनीति, इष्र्या र द्वेषले भरिएको राजनीतिका विरुद्ध जनताले गरेको प्रतिपाद मात्र हो । ०४८ सालको आम निर्वाचन र ०७९ को आम निर्वाचनमा आउँदा ६७ लाख ९६ हजार २ सय ९३ मतदाता बढे तर खसेको मत प्रतिशत ०४८ को आम निर्वाचनमा ६५ दशमलव १५ प्रतिशत थियो भने अहिले आएर ६१ प्रतिशतमा झ¥यो ।
अब भन्नुस मुलुकमा कस्तो राजनीतिक चरित्रको हाबी भएको हो ? कतै राजनीतिक दलको थोरै मतदाता ल्याऔँ, आफ्नो पकडको ल्याऔँ भन्ने चरित्र प्रष्फुटन भएको त होइन ? राजनीतिमा सबै सबैसँग डराउनुपर्छ, सबैसबैसँग जोडिनुपर्छ । जनताले आशा गरेका छन् अब राजनीतिमा यस्ता गलत प्रवृत्तिहरु फेरि दोहोरिने छैनन् । दलभित्र पनि एकल निर्णय लागू गर्न खोज्ने, आफ्ना प्रतिस्पर्धीलाई सम्मान गर्न नभइ गल्हत्याउने र कत्लेआम गर्ने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ अनि मात्र देश र नागरिकको आशय र इच्छा पूरा हुन्छ ।
त्यसैले सबैले सबैलाई सम्मान गर्न सिक्यौँ भने कोही कसैसँग तर्सनु पर्दैन । ०४८ सालदेखि ०७९ सम्मको मतदाता संख्या, खसेको मत प्रतिशत र आएको मत परिणामले पनि के बुझाउँछ भने हामी सबैले सबैलाई सम्मान गर्नैपर्छ ।