Goraksha

National Daily

दाङ १ (ख) मा खुमबहादुर खड्का पुत्र अनुराग विजयी

दाङ,८ मंसिर । दाङ १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि कांग्रेस नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का निर्वाचित भएका छन्।

उनी एमालेका कुलबहादुर केसीलाई ३ हजार ५२ मतले पछि पार्दै विजयी भएका हुन्। खड्काले १६ हजार २ सय २२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी केसीले १३ हजार १ सय ७० मत प्राप्त गरे।