एक कलमै घरमा सामन पु¥याउने चेम्वर अफ कमर्सको प्रतिबद्धता
फ्रि-होम डेलिभरी सेवा
दाङ, २५ चैत । लकडाउनको समयमा घरमा केही सकियो छ भने चिन्ता नलिनुहोस अव एक कलमै तपाईको घरसम्म आवश्यक सामन आउने छ । त्यसको व्यवस्था मिलाएको छ दाङ चेम्बर अफ कमर्स्ले ।
लकडाउनको समयमा उपभोक्ताहरुलाई कुनै प्रकारको समस्या नपरोस भनेर चेम्वर अफ कमर्शले फ्रि होम डेलिभरीको सुविधामै उपभोक्तालाई आवश्यक सामनहरु घर–घरमै पु¥याउन थालेको चेम्वर अफ कमर्श दाङका सस्थापक अध्यक्ष दिपक सुवेदीले जानकारी दिएका छन् । घोराही उपमहानगरपालिका–१५ को कार्यालय, दिपशिखा रोडमा रहेको एक कल समस्या हलको सहकार्यमा लकडाउनको समय अवधिभर घोराही क्षेत्रमा अत्यावश्यक खाद्यवस्तुहरु निःशुल्क रुपमा उपभोक्ताको घरसम्म पु¥याउनका लागि होम डेरीभरी सेवा दिन थालेको उनले बताए । ‘कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै सरकारले लकडाउन गरेको अवस्था छ ।
ुयस्तो अवस्थामा घरम केही सामन सकिएको छ भने हामीलाई सम्झानुहोस’,सस्थापक अध्यक्ष सुवेदीले भने, ‘तपाईको घरसम्मै हामीले सामन पु¥याउने व्यवस्था मिलाएका छौं ।’ फोनको आधारमा होम डेलिभरी सुविधा दिदा गाडीभाडा र स्टाफ खर्चको भार ग्राहकहरुलाई नपर्ने समेत उनले बताए ।
उपभोक्ताको मागको आधारमा एक फोनको आधारमा घोराहीबजारसँगै ६ किलोमिटर क्षेत्रमा फ्रि डेलिभरीको सुविधा सोमवारदेखि दिन सुरु गरेको एक कल समस्या हलका व्यवस्थापक अमर अधिकारीले जानकारी दिएका छन । उनका अनुसार आफुहरुले मोटरसाइकल र स्कुटी गरि ६ वटा सवारीसाधनमार्फएत खाद्यान्य सामाग्री, तरकारी, फलफुल, मासु, अण्डालगायतका अत्यावश्यक बस्तुहरु घरसम्म पु¥याउने काम गरिरहेको व्यवस्थापक अधिकारीले बताए ।
उनले घरमा केही सकिएको छ भने ९८०१३५३८८७ र ९८१०८९११३८ मा फोन गरेर अर्डर गर्न समेत आग्रह गरेका छन । यसका साथै https://www.facebook.com/EK-CALL-Samasya-HALL-1730163337253463/?__tn__=%2CdK-R-R&eid=ARDmx1dxbknScTQ9DkrFwD-MGeWEBG6O3DzSxERB-3miRcT_eHqyMg8i9Nm13NgeU-VPiswm60CQHIzJ&fref=mentions मा लग इचन मा गएर पनि अनलाईन अर्डर गर्न सकिने व्यवस्था गरिएको छ । होम डेलीभरी सेवामा डिजिटल भुक्तानी गर्ने ग्राहकहरुलाई १ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।
