सत्ता र शक्तिमा केन्द्रित दलका विकल्पमा मतदाता

  •   
  •  

भुवन पोख्रेल
चुनावको परिणाम नआउन्जेलसम्म मुलुक चुनावमय हुनेछ । आइतवार सम्पन्न निर्वाचनमा आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ । आइतवार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको हो । मतदाता नयाँ अनुहार र दलतर्फ आकर्षित भएको देखिन्छ, प्रारम्भिक परिणाम हेर्दा । पुराना दल र नेताहरुको आक्रोशको परिणाम स्वरुप मतदाताले मत परिवर्तन गर्न रुचाएको देखियो ।

मतदाताले मतदानमार्फत् केवल उम्मेदवारको जित हारको मात्र छिनोफानो गरिरहेका छैनन्, कम्तिमा आगामी पाँच वर्षका निम्ति आफ्नो र मुलुकको पनि भाग्य र भविष्यको पनि फैसला सुनाइरहेका छन् । कम्तिमा पाँच वर्ष किन भएिको हो भने चुनावमार्फत राम्रा उम्मेदवारहरुले जिते भने संसद र सरकार दुवै राम्रो बन्न सक्छ, उनीहरुले पाँच वर्ष मात्र होइन, सुदूर भविष्यसम्मकै निम्ति राष्ट्रको सम्मुन्नतिको आधारशीला खडा गर्न सक्छन्, कथमकदाचित खराब उम्मेदवारले जिते भने संसदको बाटो बिग्रन्छ, राम्रो सरकार बन्न सक्दैन र उनीहरुल्े मुलुकलाई अझ पछाडि धकेल्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

जसलार्य सच्याउन अरु पाँच वर्ष पनि नपुग्न सक्छ । तसर्थ, चुनावमा हरेक मतदाताले आफ्नो मतको सही उपयोग गर्न अति आवश्यक छ । यसका निमित्त सुयोग्य उम्मेदवार छनोटमा मतदाताले आफ्नो उच्चतम विवेक प्रदर्शन गर्नुपर्छ । मतदाताहरु निर्भयका साथ बिनारोकतोक र डरत्रास नभइ घरबाट मतदान स्थलसम्म आवतजावत गर्नसक्ने वातावरण हुनुपर्छ । मतदान प्रक्रिया मात्र हेइन, मतगणना पनि निष्पक्ष तवरबाट गर्न र यस क्रममा विगतका जस्ता कतिपय दुष्कर्महरु दोहोरिन नदिन आयोगलगायत सबै सरोकारवाला सम्पूर्ण रुपमा प्रतिबद्ध र प्रयत्नशील रहनुपर्छ ।

मुख्य कुरा देशको विधि निर्माणको थलोमा कसलाई पठाउने भन्ने नै हो, त्इसमा आम मतदाता सचेत रहनुपर्छ । त्यसर्थ, मुलुकको भविष्य मतदाताको हातमा गएको हुन्छ । निर्वाचनको अभ्यासले संघीय शासकीय संरचना थप सवल हुनेछ तर अहिलेको यक्षप्रश्न कसको सरकार बन्ला भन्ने मात्र होइन, निर्वाचनसँगै केही सवल बनेको संरचना आम मानिसको हितमा रुपान्तरण गर्न अब के गर्ने भन्ने हो ।

मतदातामा आएको चेतना र विगतका अनुभवले गर्दा पुराना दल र नेताहरुलाई भन्दा नयाँ अनुहार र युवापुस्तालाई छनोट गरेको देखियो । यदि राजनीतिक दलले बेलैमा नबुझ्ने हो भने नयाँ दल र स्वतन्त्रले टक्कर दिनेछन् । दलहरुको अटेरी विरुद्धको आक्रोशको परिणाम स्वरुप मतदाताले मत परिवर्तन गर्न चाहेका हुन् । मतगणनाको प्रारम्भिक चरण हेर्दा परिणाम अनपेक्षित आउनसक्ने देखिन्छ ।

नयाँ मतादेशका आधारमा निकट भविष्यमै नयाँ सरकार गठन हुनेछ तर मतदान गर्दैमा परिवर्तनको पहल नटुङ्गिने परिस्थिति मतदाताले भोगेको धेरै भयो । अधिकांश मतदातामा संसय छ । नयाँ बन्ने सरकारका गतिविधि स्त्तामा टिकिरहने र भ्रष्ट शासन त हुने होइन ? यो चक्र तोड्न तब मात्र सम्भव छ, जब सीमित विकल्पमा बाँचेका मतदाता सुसूचित र जुझारु नागरिकमा परिणत हुनेछन् ।

संविधानसभा निर्मित संविधान जारी भएयता दोस्रो पटक प्रतिनिधिसभा र प्रदेश सभा निर्वाच्न सम्पन्न हुनु मुलुकको राजनीतिक विकासको दोस्रो महत्वपूर्ण आयाम हो । यसबाट संघमा नयाँ प्रतिनिधिसभा र सरकार मात्र बन्ने छैनन्, प्रदेशमा पनि दोस्रो पटक प्रदेशसभा बनी नयाँ सरकार गठन हुनेछन् । ६ महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत् बनेका स्थानीय सरकारहरु क्रियाशील नै छन् । स्थानीय तह र प्रदेश तहको अविछिन्नताको प्रत्याभूतिले मुलुकमा संघीय पद्धतिको थिति बसाल्न निःसन्देह मद्दत पुगेको छ ।

यसबाट संघीय लोकतान्त्रिक गणतन्त्र थप संस्थागत भएको छ । नागरिकले आफ्नो सार्वभौम अधिकार प्रदान गर्न पाउने लोकतन्त्रको यो उत्सव धेरै अर्थमा सिकाइको अवसर पनि हो । जुनसुकै दल सत्तामा पुगे पनि आफ्ना र आसेपासेको मात्र हित हेरेका, जनताको जीवन उज्यालो बनाउन कुनै कदम नचालेका र यो निर्वाचनमा विश्वास लाग्दा र दिल छुने मुद्दा पनि अघि नसारेका कारण नागरिक मतदानप्रति विकर्षित भएको बुझ्न मुस्किल छैन । लोकतन्त्र आएको यति छोटो अवधिमै नागरिकलाई मतदान गर्न मन लाग्ने गरी वितृष्णा जाग्नु चिन्ताजनक विषय हो । त्यसो त खसेकै मतले पनि पूर्व स्थापित राजनीतिक दलहरुप्रति कति वितृष्णा छ भन्ने छनक पक्कै देला त्यो भने प्रतीक्षाकै विषय हो ।

समग्रमा, बाजुराको त्रिवेणीमा एकजनाको दुःखद निधन भएलगायत केही छिटपुट अवान्छित घटनाका वावजुत देशभर शान्तिपूर्ण रुपमै चुनाव सम्पन्न भएको छ । यो आफैमा लोकतन्त्रको जित हो । परिणाम जस्तोसुकै आए पनि संविधान सभाबाट निर्मित संविधानले थप फड्को मरेको छ । लोकतन्त्रप्रति विश्वास राख्दै मतदाताहरुले सार्वभौम अधिकार मात्र प्रयोग गरेका छैनन्, आफ्नो नागरिक दायित्व पनि पूरा गरेका छन् । उनीहरुको विश्वासलाई धरमराउन नदिनु विजेता जनप्रतिनिधिलगायत संसदमा पुग्ने सबै दल र नेताहरुको हो ।

निर्वाचनको मतगणनाका पछिल्ला परिणाम विभिन्न क्षेत्रबाट धमाधम आइरहेका छन् । मतगणना पनि निष्पक्ष तवरबाट गरियोस् । विगतबाट पाठ सिकेर आयोगले मतगणना स्थलमा तारजाली र सीसीटिभीको व्यवस्था गरेको जनाएको छ । निष्पक्ष परिणामका लागि यसले सघाउने नै छ । आयोगले मंसिर ७ गतेसम्म प्रत्यक्षतर्फ र मंसिर १२ गतेसम्म समानुपातिक तर्फको मतगणना गरिसक्ने कार्यतालिका बनाएको बताइसकेको छ ।

आयोगले निर्वाच्नको अन्तिम परिणाम सहितको प्रतिवेदन मंसिर २२ गतेसम्म राष्ट्रपति कार्यालयमा बुझाइसक्ने जनाएको छ । आयोगको लक्ष्यअनुसार निर्वाचनका बाँकी गतिविधि अघि बढेको खण्डमा मंसिरको अन्तिम सातासम्म प्रतिनिधिसभाको अधिवेशन बोलाइने र आगामी पुसको पहिलो साताभित्र मुलुकले नयाँ सरकार पाउने लगभग निश्चित छ ।

देश संघीय संरचनामा गइसकेपछि संघीयताका हिसाबले प्रदेशसभाका निम्ति दोस्रो पटक मतदान सम्पन्न भएको छ । यसै कारणले पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यो निर्वाच्नले आफैमा विशिष्ट महत्व बोकेको छ । लोकतन्त्रको मूल आधारस्तम्भ भनेकै आवधिक निर्वाचन हो । कुनै पनि हालतमा यसमा क्रमभङ्गता वान्छीय हुँदैन ।

आगामी पाँच वर्षका लागि आफ्ना लागि शासन गर्नेहरुलाई आफै छान्ने काम अब सम्पन्न गरिएको छ । अबका केही दिनमा आउने निर्वाचन परिणमले जो सन्देश दिन्छ, त्यसलाई स्वीकारेर आगामी पाँच वर्ष बहुमत प्राप्त दलले निर्बाध रुपले मुलुक हाँक्न सक्नुपर्छ । पाँच वर्षलाई जनताले दिएको अभिमतका आधारमा सत्तामा र प्रतिपक्षमा बस्ने धीरता सबैले गर्नैपर्छ । अनावश्यक सत्ता गठजोडका कारण जनमत नै उपेक्षा गर्ने गरी सत्ताको चलखेल अब हुनु हुँदैन । यस्तो दुष्प्रयास नभए मात्र हालै सम्पन्न निर्वाचनले सार्थकता पाउनेछ ।

प्रतिनिधि सभाको विघटनको प्रयास पनि हालै सम्पन्न निर्वाचन परिणामको विरुद्ध हुनेछ । अबको प्रतिनिधि सभाले बिनाविवाद पाँचवर्षे कार्यकाल व्यवस्थित गर्न पाउनुपर्छ । मतदान प्रक्रियाबाट जनताले दिएको परिणामलाई स्वीकार गरेर सम्मान गर्नु हामी सबैको परमकर्तव्य र दायित्व हो । भर्खरै सम्पन्न मतदानमार्फत् उम्मेदवारको जितहारको छिनोफानो त भएको छ नै । यसबाहेक कम्तिमा आगामी पाँच वर्षका निम्ति आफ्नो र मुलुकको पनि भाग्य र भविष्यको फैसला मतपत्रमाफृत् मुखरित भएको छ ।

अब केवल मतगणना गरेर सोको परिणाम धमाधम सार्वजनिक भइरहेका छन् । चुनावमार्फत् संसद र सरकार दुवैको छिनोफानो भएको छ । अब बन्ने सरकारले पाँच वर्षमात्र होइन, सुदूर भविष्यसम्मकै निम्ति राष्ट्रको समुन्नतिको ाधारशीला खडा गर्न सक्नुपर्छ । यो आजको आवश्यकता पनि यही भएकाले सायद मत परिणाम पनि यही सन्देश दिने गरी आउँछ ।

राजनैतिक दलमा देखिएको विचलनका कारण मतदाताले केही स्वतन्त्र उम्मेदवारलाई पनि रुचाएका छन् । राजनैतिक दलप्रतिको निराशा र वितष्णाका कारण यसको विकल्पमा केही स्वतन्त्र उम्मेदवार फाटफुट देखिए । जेजसो भए पनि राजनेतिक दलको विकल्प स्वतन्त्र उम्मेदवार कदापि हुन सक्दैन बरु राजनैतिक दलको विकल्प सुधारिएको दल र उम्मेदवार हुनसक्छ । यसकारण अब आउने मतपरिणामको सम्मान गर्दै आगामी कार्यकालमा सुध्रिएर जानुको विकल्प कुनै पनि राजनीतिक दलसँग छैन ।

यदि आगनमा पनि दलहरुको दर्श उस्तै हो हुने भने अर्का पाँच वर्षभित्र स्वतन्त्रको वर्चस्व हुने गरी संसदको संरचना बदलिन पनि केही बेर लाग्दैन । यसमा राजनैतिक दलले हेक्का पु¥याउनु जरुरी छ । पक्कै पनि जनताले सुयोग्य उम्मेदवार छनोटमा विवेक प्रयोग गरे भन्नैपर्छ । विगतको कार्यसम्पादन र भविष्यमा मुलुक निर्माणका लागि गर्नसक्ने सम्भाव्य योगदानको कसीमा उम्मेदवारको मूल्यांकन भएकै हुनुपर्छ । जसले जिते पनि संसदमा जनताको आवाज गुञ्जाओस्, राष्ट्रिय आवश्यकताका कानुन निर्माणमा सक्रिय होस् । जनप्रतिनिधि मुलुक सर्वोच्च संस्थाको ओज राखोस् र समग्रमा यो संसदले संसदस्ूय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाओस्, आजको जनचाहना यही हो ।

निर्वाचनमा एकाघरका मत पनि बाँडिए । दलीय प्रतिस्पर्धामा तीतो, पीरो र भनाभन पनि भए होलान्, जेजस्तो भए पनि निर्वाचनलाई आफ्नो पक्षमा पनि साम, दाम, दण्ड, भेद गरिए होलान्, मन फाटेको हुनसक्छ । एकाघरमा बसेकाहरुको पनि रोजाइ फरक–फरक चिह्नमा भयो । यो लोकतन्त्रको सुन्दरतम पक्ष हो । मत बाँडिने क्रममा एकआपसमा भनाभन मात्र नभइ आरोपप्रत्यारोप पनि गरिए । जेजस्तो भए पनि एकअर्कको मन नबाँडियोस् । अर्को पाँच वर्ष आउन टाढा मानिँदैन, धीरताबस जनादेश शीरोधार्य गर्नु बाहेक राजनीतिक दलसँग अर्कौ विकल्प हुनुहुँदैन । देशमा दिगो शान्ति, विकास र समृद्धि आजको चाहना हो । यसका लागि निर्वाचनका बेला बाँडिएका मतहरुको मिलन जरुरी छ । शान्ति, विकास र समृद्धिका लािग दलहरुको एकता जरुरी छ ।

जनादेशअनुसार केही सरकारमा केही प्रमुख प्रतिपक्षीमा त कोही प्रतिपक्षमा बसेर गरिबी, बेरोजगार, पछौटेपन विरुद्ध एक भएर लड्न जरुरी छ । देश विकास र समृद्धिको यात्रामा कोही पनि सत्ता पक्ष र कोही पनि प्रतिपक्ष हुँदैन । देश सबैको साझा थलो हो । देश विकासमा सबैको साझा कर्तव्य हुन्छ । यसका कारण विगतमा भाँचिएका तन र कुडिएका मन एकअर्कामा जोडिनुपर्छ, मिल्नुपर्छ । बढी मत पाउनेहरु मत्तिने र कम मत पाउनेहरु आत्तिने स्थिति पैदा हुनु हुँदैन ।

प्रमुख प्रतिपक्षी दल यसै पनि वैकल्पिक सरकार हो । ऊ कुनै पनि बेला सत्ताका लागि प्रतिक्षारत हुन्छ । तसर्थ, धीरताबस जनादेश शिरोधार्य गर्नुबाहेक राजनीतिक दलसँग अर्को विकल्प हुनुहुँदैन । चुनाव परिणाम नआउँदासम्म देश चुनावमय नै रहन्छ तर संसदमा पुगेपछि नेताहरुले राजनीतिका नाममा जनताका भाग्यसँग खेलवाड गर्न पाउने छैनन् । आफ्नो संीर्ण महत्वाकांक्षाका पछि नलागी देश र जनतालाई शीतल छहारी प्रदान गर्नेछन् भन्ने आम मतदाताको अपेक्षा छ ।