संघीयता अपाच्य भइरहेको छ

  •   
  •  

गुरुप्रसाद शर्मा रेग्मी
काम भन्ने कुरा चाहे देशको लागि होस् या आफ्नो लागि, गर्छु भनेर मात्र हुँदैन । सबैभन्दा पहिले के काम गर्ने हो त्यो सोचको विकास मस्तिष्कमा गराउनु पर्दछ । त्यसले मानिसको जोश र जाँगरलाई प्रोत्साहित गर्ने गर्दछ । काम गर्छु भनेर मात्र हँदैन । तयसको लागि समय, परिस्थितिका साथै विचार र भावना पनि अनुकूल हुनुपर्छ ।

यो देशको राजनीतिक प्रदूषणले गर्दा जनताको सोच र विचार अनुकूलको बन्न नसके पनि प्रजातान्त्रिक र गणतान्त्रिक संविधान त बने तर त्यसले सामाजिक न्याय र सामाजिक कल्याण जनतालाई दिन सकेनन् । संविधानको कानुनी राज्यको व्यवस्था गरे पनि राजनीतिक दलहरुको नहिति स्वार्थले गर्दा जनता गैरकानुनी व्यवहार, भ्रष्टता, असुरक्षाको आहालमा डुब्नुपरेको छ ।

देशको व्यवस्थापकीय न्यायपालिका कार्यपालिका अस्तित्वविहीन र मर्यादाविहीन मात्र नभएर सत्तामा रहेको दलको झोले र दलालजस्तो भएर बस्नु परेको छ । कुनै पनि राष्ट्रको लागि यो भन्दा ठूलो बिडम्बना अरु के हुनसक्छ । आफैले बनाएको संविधानप्रति कुनै पनि दलको आस्था र निष्ठा नभएपछि कानुनी राज्यको परिकल्पना गर्नु जनताको मूर्खता नै हो भन्दा अत्युक्ति नहोला ।

मूल्य, मान्यता, आदर्श र इमानदारीको राजनीतिले नेतालाई राजनेता बनाउँछ । उसलाई जनताको समर्थन र शक्ति प्राप्त हुने गर्दछ । उसलाई बन्दुक, ढुङ्गामुडा र लाठीको राजनीति गर्नु पर्दैन । यही नभएका नेताहर भए भने अपराध, अराजकता र भ्रष्टता फैलाउने गर्दछन् भन्ने कुरा हेर्न कहीँ जानु पर्दैन । नेपालका दलका नेताहरुलाई हेरे पुग्छ । नेपालको ६ दशकको राजनीतिको पानापाना यही कुरा देखाइरहेको छ ।

गरिकहरुको जीवनस्तर उठाउने विभिन्न योजनाहरु बने, विदेशीहरुले ठूलो धनराशीले सहयोग पनि गरे तर यो देशमा गरिबहरुको जीवनस्तर उठ्न सकेको छैन तर राजनीतिक दलका कार्यकर्ता र झोलेहरुको भने आर्थिक स्तर अचम्मसँगै उठेको छ । यति मात्र होइन राज्यकोषको दुरुपयोग अचम्मसँग भएकाले राष्ट्रसेवकहरुलाई तलव दिन पनि मित्रराष्ट्रहरुसँग ऋण लिनुपर्ने अवस्थामा पु¥याउने अरु कोही नभएर यिनै नेताहरु हुन् भन्ने कुरामा कसैको विमति छैन ।

दलका नेताहरुले राज्य व्यवस्था र शान्ति प्रणालीलाई यस्तो अवस्थामा पु¥याएका छन् कि धनी धनी हुँदै जाने र गरिब झन गरिब हुँदै जाने अवस्था बनेको छ भने शोषण र उत्पिडनको नयाँ–नयाँ रुप सिर्जना हुन गएका छन् । यी सबै कुराको विरोध जनाउनु भनेको झन ठूलो अनिष्ट निम्त्याउने अवस्था छ । यो देशका राजनीतिक दलका नेताहरुले देशका सिर्जनशील युवाहरुको मनमस्तिष्कमा सिर्जनात्मक भाव प्रत्यारोपण गरेर देशको विकासमा प्रयोग गर्नुको साटो ध्वंसात्मक भाव प्रत्यारोपण गरेर हातमा बन्दुक लाठी दिने काम भइरहेको छ ।

अझ आफ्नो गुट बनाउने र आफ्नो गुटको सुरक्षा र संरक्षणको जिम्मा अपराधी गुटहरुलाई दिने काम भइरहेकोले शान्ति सुरक्षाको देशको लागि एकादेशमा एउटा राजा थिए भन्ने शास्त्र जस्तै भएको छ । राजनीतिक दलका नेताहरु नै आर्थिक प्रलोभनमा परेर विदेशीका दलाल बनेर देशमा जे गरिरहेका छन् त्यसले नेपाललाई झन डरलाग्दो स्थितिमा पु¥याइदिएका छन् । जताततै राष्ट्रघात भइरहेको छ । दलका नेता र कार्यकर्ताले मात्र नेपाली भएर न्याय र सुविधा पाउने अरु नेपाली भने भोट दिनेबाहेक अरु अधिकारबाट वञ्चित हुने कस्तो न्याय प्रणाली हो ।

देशमा स्थापित भएका अन्तर्राष्ट्रिय स्तरका अनेकौँ ठूला उद्योगहरु नेताहरुले नै बेचेर खाए । नयाँ उद्योग खोल्ने कुनै दलको सोच छैन । बेरोजगार युवाहरुलाई खाडी देशमा गएर पसिना बगाउनु परेको छ । देशलाई यस्तो अवस्थामा पु¥याउने नेपालीलाई गह्रौँ ऋणको भारी बोकाउने, भारतको एउटा प्रान्तभन्दा सानो नेपालमा सात प्रदेश गराउँदा नेपाल र नेपालीको लागि यो अपाच्य भइरहेको छ । राजनीतिक संस्कृतिमा परिवर्तन र संघीयतामा बन्देज गर्नु नै एक मात्र विकल्प छ ।

यो देशको राजनीति जुनबेलादेखि सत्तामुखी र सम्पन्नमुखी भयो त्यहीबेलादेखि भ्रष्टाचार, अपराध, अराजकता राजनीतिमा भित्रिँदै गएको मात्र होइन चरमविन्दुमा पुगिसकेको छ । त्इसैले यहाँ हत्या, अपराध, बलात्कार, लागूपदार्थको ओसारपसार, भ्रष्टाचार, मिसावटजस्ता घटना र विभिन्न घटित घटनाहरुले देशको संविधान, नियम, कानुनको उपहास गराउने राजनीतिक दलहरुले आफ्नो राजनीतिक एजेण्डा नै बनाएका छन् जस्तो लाग्छ ।

कुन दलको नेताको कुरामा विश्वास गर्ने ? एउटा नेताले एकै दिनमा पटक–पटक कुरा फेर्ने र नगर्ने कुरा भन्ने र गर्ने कुरा नभन्ने गर्दा नेताहरु जनताको सामू नाङ्गिसकेका छन् । सत्ता स्वार्थको लागि दलका नेताहरुल्े जे पनि गर्ने कुरा एमसीसी र नागरिकता विधेयकले देखाइदिएको छ । प्रधानन्यायाधीश चालेन्द्रको बयान र बालेन शाहको स्वस्थ र स्वच्छको क्रियाकलापले राजनीतिक दलका पुराना नेताहरु नाङ्गेका छन् । देशलाई आजको यो दूरदसामा पु¥ यिनै नेताहरु रहेछन् ।

कुनै नेताको सुरक्षाको लागि आज बालेन शाहको सुरक्षामा जनता खटेझैँ खट्न सक्छन् ? यी नेताहरुको सुरक्षामा खुटिएका सुरक्षाकर्मीहरुलाई हटाइदिने हो भने यिनी बाहिर निस्कन सक्दैनन्, सुरक्षा बल र धनको आडमा गरेको राजनीतिले देश र जनतालाई अधोगतिमा पार्छ भन्ने कुरा यो देशका राजनीतिक दलहरुले सिद्ध गरिदिएका छन् । कुनै पनि राजनीतिक दलका नेताहरुप्रति जनताको आस्था र निष्ठा किन हराएर गयो ? भन्ने सोच्न नसक्नु नेताहरुको आत्मा मरेको हो ।