दाङ ३ (ख) मा माओवादीका मास्की निर्वाचित
दाङ,८ मंसिर । प्रदेशसभा तर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी हुनुभएको छ।
मास्कीले २२ हजार ३२१ मत प्राप्त गरेर बिजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १५८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
माओवादीका पोलिटब्युरो सदस्य मास्कीले एमालेका बस्नेतलाई २ हजार १६३ मतान्तरले पराजित गर्नुभएको छ।