दाङ क्षेत्र नं. २ मा रेखा शर्मालाई सुरुवाती अग्रता

  •   
  •  

घोराही, ५ मंसिर । दाङको निर्वाचन क्षेत्र नं. २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम गर्नुभएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ६०६ मतले पछि पार्दै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी शर्माले अग्रता कायम गर्नुभएको हो ।
२ हजार ७८० मत गणना हुँदा नेकपा माओवादी केन्द्रका शर्माले १४५० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रतिष्पर्धी नेकपा एमालेका महासचिव पोखरेलले ८४६ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेर तेश्रो स्थानमा रहनुभएको छ ।
पहिलो चरणमा क्षेत्र नं. २ को घोराही उपमहानगरपालिकाको वडा नं. १५ र १९ र बंगलाचुली गाउँपालिकाको वडा नं. २, ५ र ८ बाट गणना सुरु गरिएको छ । क्षेत्र नं. २ मा ७९ हजार ४ सय ३७ मत खसेको छ । क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि १४ जना उम्मेदवारहरु रहनुभएको छ ।