गठवन्धनका उम्मेदवारद्वारा आभार व्यक्त

  •   
  •  

तुलसीपुर, ५ मंसीर । भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, नागरीक अगुवा, अधिकारकर्मी, सन्चारकर्मीलगायतसवैलाई लोकतान्त्रिक बाम गठवन्धनका उम्मेदवारहरुले हार्दिक आभार व्यक्त गरेका छन् ।

संघका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, प्रदेश ३ (क) का उम्मेदवार दिल्लीबहादुर चौधरी र प्रदेश ३ (ख) का उम्मेदवार धनवहादुर मास्की (राजेश)ले सोमवार एक विज्ञप्ती जारी गरी हार्दिक आभार व्यक्त गरेका छन् ।

निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै उनीहरुले लोकतन्त्रको संरक्षण र संवद्र्धनमा आम नागरीकहरुको सदैव साथ र सहयोगको पनि अपेक्षा गरेका छन् । ‘निर्वाचनको परीणामलाई स्वीकार्दै मुलुकमा समुन्नत लोकतन्त्रकालागी हामीहरु प्रतिवद्ध पनि छौ’, विज्ञप्तीमा भनिएको छ । साथै विज्ञप्तीमा यसैगरी निरन्तर साथ र सहयोगको पनि अपेक्षा गरिएको छ ।