दाङ क्षेत्र नं. २ मा रेखा शर्माको अग्रता कायमै

  •   
  •  

घोराही, ५ मंसिर । दाङका क्षेत्र नं. २ मा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्माको अग्रता कायमै रहेको छ ।

५ हजार ७ सय ८० मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी शर्माले मुख्य प्रतिस्पर्धी नेकपा एमालेका महासचिव पोखरेललाई ६ सय ८३ मतले पछि पार्दै अग्रता कायम राख्नुभएको हो । शर्माले २ हजार ४ सय ४३ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार पोखरेलले १ हजार ७ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ६ सय ७४ मत मत प्राप्त गरेर तेश्रो स्थानमा रहनुभएको छ । क्षेत्र नं. २ मा ७९ हजार ४ सय ३७ मत खसेको थियो । क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि १४ जना उम्मेदवारहरु रहनुभएको छ ।