दाङ कांग्रेसद्वारा आभार व्यक्त

  •   
  •  

दाङ, ५ मंसिर । भर्खरै सम्पन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नकालागी आ–आफ्नो क्षेत्रबाट सहयोगी भूमीका निर्वाह गर्ने, सद्भाव राख्ने र प्रत्यक्ष रुपमा निर्वाचनमा खटिएका सवैलाई नेपाली कांग्रेस दाङले हार्दिक आभार व्यक्त गरेको छ ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँंगीले सोमवार एक विज्ञप्ती जारी गरी मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन अहोरात्र खटिएका पार्टीका भातृसंघसस्थाका नेता तथा कार्यकर्ताहरु, सुभेच्छुक संघसंस्थाका नेता तथा प्रतिनिधिहरु, पार्टीका क्षेत्रीय समिति, नगर समिति, नेविसंघ, तरुण दल, शिक्षक संघ, पेशागत संघसस्था, बुद्धिजीविहरु, नागरीक समाज, अधिकारकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सन्चारकर्मीलगायत विधिन्न अगुगमनकारी निकायहरुलाई धन्यवाद व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि यस्तै सद्भाव र सहयोगको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

लोकतन्त्रको सुगन्ध भनेको निस्पक्ष निर्वाचन भएको भन्दै नेपाली कांग्रेस लगायत गठवन्धनमा सहभागी संम्पूण दलहरुले निर्वाचनको परीणामलाइ सहज रुपमा स्वीकार गरेर लोकतन्त्रलाई थप बलियो बनाउन प्रतिवद्ध रहने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।