गुरुप्रसाद शर्मा रेग्मी
विश्वको परिदृश्यमा धेरै परिवर्तनहरु आइसकेका छन् । सूचना प्रविधिमा आएको परिवर्तनले राष्ट्र–राष्ट्रहरुबीचका सीमाहरु अर्थहीनजस्ता हुन पुगेका छन् । राष्ट्र–राष्ट्रबीचका सम्बन्धमा पनि नयाँ–नयाँ आधार र मान्यताहरु थपिँदै गएका छन् । विश्वग्रामका अवधारणाहरु अगाडि थपिँदै आएका छन् । आश्चर्यजनक रुपले अत्यन्त छोटो समयमा देखिएका तीव्र परिवर्तनका सन्दर्भमा कुरा गर्दा आर्थिक गतिविधिमा जसरी निजी क्षेत्रको विस्थापित प्रभुत्व बढ्दै गएको छ ।
यसले सामाजिक न्यायको दिसा निर्धारण गर्ने कार्यमा धेरै जटिलताहरु थपिदिएको छ । वर्तमान समयमा जसरी विश्वव्यापीकरण, उदारीकरण, निजीकरणजस्ता नारा र अवधारणाको प्रचार जति व्यापक र प्रभावकारी रुपमा गरिने गरिएको छ । त्यसरी नै चार दशक अगाडि समाजवादी देशहरुमा सरकारी स्वामित्व र सर्वजनिक संस्थाहरुको प्राथमिक भूमिकाको प्रचार र प्रसार गरिन्थ्यो ।
साम्यवादी देशको राज्य नियन्त्रित अर्थ व्यवस्थाहरु धमाधम विघटित हुँदै गएर उदार अर्थनीतिले विश्वव्यापी पकड बनाउँदै गएपछि आर्थिक गतिविधि निजी क्षेत्रमा विस्तारित हुँदै गए । निजी क्षेत्रको महत्व नेतृत्वदायी हुँदै गएको अवस्था बन्दै गएको अवस्था छ । वर्तमानको अवस्थामा पुँजीवादी समाजवादी साम्यवादी सबै देशहरुमा निजीकरणले अहम् भूमिका खेलिरहेको अवस्थाले हरेक राष्ट्रहरुमा नयाँ–नयाँ समस्या र चुनौतीहरु थपिँदै गएकाले सरकारलाई निरीह जस्तो बन्नुपरेको छ ।
हुन त विज्ञान प्रविधि र सूचना सञ्चारका साधनमा आएको तीव्रतम विकासले स्वास्थ्य शिक्षा जस्ता कैयौँ क्षेत्रहरुमा मानव सुरक्षा र ज्ञानको अभिवृद्धिमा अभूतपूर्व योगदान पु¥याएको कुरालाई नकार्न सकिँदैन । तर यी सबै पक्षका कुराहरुलाई निरपेक्ष र एकतर्फी रुपमा हेर्न पनि मिल्छ जस्तो लाग्दैन । विश्वसम्पदाको मात्र होइन ज्ञान र प्रविधिको नियन्त्रण पनि अत्यन्त सीमित देशहरु, कम्पनीहरु र व्यक्तिहरुमा सीमित हुँदै गएको स्न्दर्भलाई पनि नकार्न सकिँदैन । हुन त विश्वव्यापीकरणको एउटा प्रमुख पक्ष मानव मात्रमा रहेको सिर्जनशीलता र संस्कार तथा ज्ञान र विचारको ढोका एकअर्काको लागि खुला गर्नु हो भनिएको छ । तर यसको सांस्कृतिक बहाव पनि एकपक्षीय भएको देखिन्छ । स
म्पन्न र शक्तिशाली राष्ट्रहरु र त्यहाँका जनताको रहनसहन र जीवन पद्धतिको प्रभाव एकलौटी रुपमा गरिब राष्ट्रहरुतर्फ बढी प्रभावित भइरहेको हुन्छ । यथार्थ रुपमा भन्ने हो भने तेस्रो विश्वका गरिब देशहरुको सांस्कृतिक सम्पदाहरु दिन प्रतिदिन क्षय हुँदै गएको देखिन्छ । यति मात्र नभएर विदेशी संस्कृतिले राष्ट्रिय संस्कृति र पहिचानमाथि नै आक्रमण गरिरहेकाले आफैमा अत्यन्त खतरनाक स्थिति निर्माण हुँदै गइरहेको छ । यसले सामाजिक र व्यक्तिगत असुरक्षाको वातावरण बाक्लिँदै गएको छ ।
अनियन्त्रित पुँजी बजारले विकसित सूचना सञ्चार प्रविधि र सहज यातायातको व्यवस्थाले कालो धन र हातहतियार निर्माण गर्ने प्रवृत्ति र प्रकृतिले अत्यन्त ठूलो भुमिका निर्वाह गरिरहेको छ । जसको परिणाम विश्वलाई लागूऔषधले आक्रान्त हुनुपरेको छ । सरकारी अस्त्रसस्त्रको निर्माण, आणविक परीक्षण व्यापक हुँदै गएको छ । चेलिबेटी बेचविखन, बलात्कार, हत्या, हिंसा जस्ता असामाजिक र अमानवीय कार्यहरुलाई इण्टरनेटजस्ता सूचना सञ्चारमा भएको विकसित प्रविधिले ज्यादै सुगम बनाइदिएको छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय नियोगहरु सुविधा सम्पन्न स्थानहरुमा मात्र केन्द्रित हुने र नाफा उन्मुख प्रवृत्तिले मानवीय विकास र गरिबी उन्मूलनको कल्पनालाई निरर्थक बनाइदिएको छ । विश्व बजारका आर्थिक संरचनाहरु विश्व बैंक अन्तर्राष्ट्रिय मुद्दा कोष, विश्व व्यापार संघ, जनसंगठनहरु ठूला र सम्पन्नशाली देशहरुको नियन्त्रणमा रहेका छन् । जसले गर्दा गरिब र विपन्न मुलुकहरुलाई ठूलो मूल्य चुकाउनु परेको छ । यसरी विश्व बजारका आर्थिक संरचनाहरुलाई सम्पन्न देशहरुले आफ्नो अपुतालीको रुपमा उपयोग गर्ने गरिरहेकाले गरिब र विपन्न मुलुकहरुले आफ्नो आर्थिक स्थितिमा सुधार गर्न नसकेको तीतोसत्यलाई स्वीकार्नै पर्छ ।
यतिबेला संसारमा स्वतन्त्र बजार एउटा लहरको रुपमा चलेकाले विश्वका कुनै पनि देश यसको संक्रमणबाट बच्न सकेको अवस्था छैन । वास्तवमा भन्ने हो भने वर्तमानको यो अवस्था सम्पन्न पश्चिमेली देशहरुको मानस युग नै हो । स्वतन्त्र बजारलाई आर्थिक उत्पादनको मसिनको रुपमा व्याख्या विवेचना गर्ने दशहरुले नै त्यसको वकालत गरिरहेका छन् । कुनै पनि देशले आफ्नो देशमा दरिलो सामाजिक र राजनेतिक नियन्त्रण कायम गर्न सकेन भने उसले प्रदान गर्ने गरेका अवसरहरु पुरस्कारहरु देशका कम्पनीहरु, विशेष व्यत्तिहरुमा मात्र सीमित रहने भएकाले धनी धनी हुँदै जाने, गरिब गरिब हुँदै जाने अवस्था देखापर्न थाल्छ ।
यही अवस्था र व्यवस्थाले गर्दा नेपालीलाई धनी देशका गरिब जनता भए बस्नुपरेको दुर्भाग्य पूर्ण अवस्था छ । गलत स्वभाव, गलत आचरण, गलत प्रवृत्तिलार्य सुधार्ने र त्यसको नकारात्मक प्रभावबाट जनतालाई सुरक्षित बनाउने सबैभन्दा ठूलो अस्त्र परिवर्तन नै हो तर यो देशमा जेजति परिवर्तन भए पनि त्यसको सही कार्यान्वयन नहुने भएकाले परिवर्तनले मूर्तरुप लिन नसकेको हो । परिवर्तनर्ला मूर्तरुप गाउन दबाब दिने जनता नै हो तर यो देशको विडम्बना के भइदियो भने यहाँको जनताको विचारविहीनताले गर्दा र आफ्नो अवस्थाले गर्दा गरिब समुदायमा प्रतिशोध गर्ने हिम्मत हुँदैन । मध्यम परिवारका जनतालाई छाक टार्ने मेसोले गर्दा फुर्सद नै हुँदैन ।
जहाँसम्म सम्पन्न परिवार हुन्छ, उसलाई परिवर्तनको आवश्यकता नै हुँदैन । यसरी जनताले आफ्नो दायित्व र भूमिका सबै बिर्सिदिँदा सबै क्षेत्रका नेतृत्वहरु छाडेका साँढेजस्ता भएर देशलाई जरजर बनाइरहेको तीतो–सत्यलाई नकार्न सकिँदैन । आराम र विलासिताको जीवन बाँच्न चाहने मानिसको त्योभन्दा अरु कुनै लक्ष्य नै हुँदैन । उसको निहित स्वार्थ नै एक मात्र लक्ष्य हुन्छ । यहाँका नेतृत्वहरुको स्वार्थ नै लक्ष्य भएकाले यहाँको देशको स्वार्थ र जनताको स्वार्थ उपेक्षित हुन गएको हो ।
परिवर्तनबिना प्रगति सम्भव हुँदैन । जसले आफ्नो स्वभाव र व्यवहार बदल्न सक्दैन उसले देश र जनताको लागि केही गर्न सक्दैन । जे गर्छ त्यो आफ्नो लागि मात्र हुने भएकाले नेपालमा आएको परिवर्तनले कुनै नयाँ परिवर्तनको अनुभूति गराउन नसकेको हो । मानिसको जिन्दगी फलदायी हो भन्ने चाहना राख्नेहरुले आफ्नो सोच्ने दायरा र व्यवहारलाई परिवर्तन गर्न सक्यो भने मात्र उसले अरुलाई परिवर्तनको अनुभूति गराउन सक्दछ तर यो देशमा परिवर्तनको अनुभूति गराउने कोही जन्मन सकेको छैन । यतिबेला जुन क्षेत्रमा जे विकास आएको छ त्यसैले ल्याएको यो विनाश हो ।