Goraksha

National Daily

एन प्याव्सन तुलसिपुरद्वारा १ लाख वढि आर्थिक सहयाेग

तुलसिपुर २५ चैत्र ।। एन प्याब्सन तुल्सिपुरले काेराेना भाईरस वाट समस्यामा परेका नगरवासिहरुकाे सहज जीवन यापनका लागि रु १ लाख वढि आर्थिक सहयाेग गरेकाे छ । एन प्याव्सन तुलसिपुरले अाफ्ना सदस्य विद्यालयहरुवाट संकलन गरेकाे नगद १,०११११/-(एकलाख एक हजार एक सय एक रुपैया ) सहयाेग रकम अाज तुलसिपुर नगर अध्यक्ष शालिकराम कार्कीले तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्ताणतरण गर्नु भएको हाे ।

उक्त सहयाेग रकमले नगरमा रहेका गरिव तथा विपन्न परिवारकाे जीवन यापनमा सहजता अाउने अपेक्षा एन प्याव्सनले लियकाे छ । उक्त अवसरमा वाेल्दै मेयर पाण्डेले सहयोग रकमले काेराेना भाईरसले गर्दा लकडाउनमा परि समस्यामा परेका नगरवासिहरुकाे समस्या समाधानमा सहयाेग पुग्ने भन्दै धन्यवाद प्रकट गर्नुभयाे । साे अवसरमा एन प्याव्सनका केन्द्रीय सदस्य प्रबाश कुमार शर्मा , दाङ जिल्ला अध्यक्ष विमल गाैतम , उपाध्यक्ष भाेजराज न्याैपाने लगायतकाे सहभागिता रहेकाे थियाे ।।