अनुशासन कवितामा प्रथम हुँदा …

‘म सानैदेखि साहित्यमा रुचि राख्ने मान्छे । समाजमा केही गर्नुपर्छ र नयाँ कुराको खोजी गर्ने मेरो सानै देखिको रुचि हो’ तुलसीपुर–७ निवासी डिआर भण्डारीले भने । मिजासिला, लगनशील, सबैका प्यारा र संघर्षशील व्यक्ति भण्डारीले आफू सधैँ खुसी हुने गरेको सुनाए । उनले हँसिलो मुहारमा खुसीका रँगहरू छर्दै बाल्यकाललाई सझिए ।

‘जीवनका उकाली–ओरालीमा सुख–दुःख धेरै छन्, खुसी बेखुसी धेरै छन् तर म सधैँ खुसीका साथ जिउने मान्छे हुँं’, भण्डारीले भने । विसं २०५२ सालतिर जस्तो लाग्छ म गुरु जजुर मावि रक्षाचौरको कक्षा ८ मा पढ्थेँ । त्यसबेला स्कूलमा सुधीर केसी, राजन केसी, हेमराज, तिलकराम मेरा निकै मिल्ने साथी थिए ।

स्कूलमा कक्षा ८, ९ र १० को शुक्रवासरिय प्रतियोगिता भएको थियो । साथीहरूले मलाई कार्यक्रममा भाग लिन हौसाएका थिए । त्यस प्रतियोगितामा मैले अनुशासन विषयमा कविता वाचन गरेको थिएँ । प्रतियोगितामा म प्रथमै हुला भन्ने सोचेको त थिएन तर कार्यक्रमको अन्तमा प्रथम भएको रिजल्ट सुनाए’, भण्डारीले भने, ‘त्यो मेरो जीवनकै खुसीको क्षण हो ।’, भण्डारीले प्रथम भएर एउटा नोट कपी र डटपेन पाएको सम्झिए ।

त्यो नै मेरो बाल्यकालको पहिलो खुसी थियो । ‘अनुशासन विषयमा कविता वाचन प्रतियोगितमा प्रथम भएर नोटकपि र डटपेन जित्दाको मेरो पहिलो खुसी तपाईँको पत्रिकामा लेखिदिनुहोला’, उनले भने । त्यतिबेला आफूहरूले नैतिक किताब पढ्ने र मानिस नैतिक तथा अनुशासनमा रहनुपर्छ भन्ने आफूलाई त्यतिबेला लाग्ने गरेको सुनाए ।

त्यस्तै भण्डारीले अर्को खुसी रेडियोमा कार्यक्रम सञ्चालन गर्दा लागेको सुनाए । ‘म सानैबाट साहित्यमा रुचि राख्दथेँ, रेडियो नेपालबाट प्रसारण हुने साहित्यसम्बन्धीका प्रायः कार्यक्रम छुटाउँदैन थँे, त्यसमा रेडियो नेपालबाट बज्ने दिन प्रतिदिन कार्यक्रम नछुटाइ सुन्थेँ’, भण्डारी भन्छन् ।

मलाई पनि त्यस्तै रमाइलो कार्यक्रम चलाउने निकै रहर संगालेर बसेको थिएँ, कुनै दिन मैले पनि रेडियोबाट यस्तै कार्यक्रम चलाउन पाए कस्तो हुन्थ्यो होला भनेर सोचिराख्थेँ, कलेज पढ्ने बेला ७ दिनको तालिम लिएपछि विसं २०६२ सालबाट रेडियो तुलसीपुरमार्फत् पहिलो पटक ड्रामामार्फत् आवाजको दुनियामा यो बेग्लै आवाज भन्दै कार्यक्रम सञ्चालन गरेको थिएँ । त्यो मेरो जिन्दगीको दोस्रो खुसी हो ।

त्यति बेला रेडियोमा मेरा नो टेन्सन, आरजे हन्ट, के छ काइँलाबा निकै प्रख्यात कार्यक्रम थिए । आवाजको दुनियमा मैले मेरा कार्यक्रमहरू पनि हिट थिए’, उनले भने । सञ्चारकर्मी भण्डारीले त्यसपछि आफू काठमाडौं एमए पढ्न गएको बेला एन्टेना फाउण्डेशनमा स्क्रिप्ट राइटरको रूपमा नियुक्त भइ रेडियो नेपाल सहित देशभरिका रेडियो एफएमबाट आफूले लेखेको धारावाहिक रेडियो नाटक नयाँ बाटो नयाँ पाइलाको लेखकको रूपमा नाम प्रसारण भएको थियो । त्यो पनि मेरो जीवनमा निकै खुसी थपेको थियो ।

भण्डारीले विसं २०७० सालमा हाम्रो पहुँच सेकेण्डरी स्कूलको प्रिन्सिपल हुँदाको क्षणले पनि निकै खुसी थपेको थियो । ‘मलाई संस्थाले जिम्मेवारी दिएर हाम्रो पहुँच सेकेण्डरी स्कूल तुलसीपुरको प्रिन्सिपल बनायो, यो पनि मेरो लागि ठूलो खुसीको कुरा हो । पढेलेखेका अन्य युवाहरू विभिन्न विकसित मुलुकमा रोजगारी र पैसाका लागि जाने गरे पनि आफूले यहीँ आफ्नै जन्मथलोमा शिक्षाको उज्यालो ज्योति बाँड्न पाउँदा अर्को खुसी प्राप्त लाग्ने बताए । उनले आफूहरूले शिक्षा दिएका विद्यार्थीहरू विभिन्न क्षेत्रमा पुगेको देख्दा झनै खुसी लाग्ने गरेको सुनाए ।

त्यस्तै विद्यालय सञ्चालन गर्दै जाँदा विसं २०७८ माघमा शिक्षण सिकाइका आधारमा उत्कृष्ट विद्यालयलाई प्रदान गर्ने ब्रिटिस काउन्सिलको अन्तर्राष्ट्रिय स्कूल अवार्ड विद्यालयले पाउँदा अर्को खुसी लागेको सुनाए । अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर उत्तीर्ण गरेका भण्डारीले विस २०७७ सालमा ह्याप्पी लाइफ एजुकेशन एण्ड ट्रेनिङ इन्टिच्यूटको त्इत् ऋभचतषथ त्चबष्लभच को रूपमा रही विभिन्न ःयतष्खबतष्यलब ित्चबष्लष्न गराउन पाएकोमा पनि खुसी व्यक्त गर्छन् ।

‘मोटिभेस्नल स्पिकरको रूपमा मैले विभिन्न स्थानमा तालिम दिने अवसर पाएको छु, मेरो सानो सहयोगले कसैको जीवनमा सकारात्म प्रभाव पार्न सकोस् म त्यसैमा खुसी छु’, उनी भन्छन्् । भण्डारीले घरमा श्रीमती छोरा छोरीको पनि राम्रो प्रगति देख्न पाउँदा तथा घरपरिवार साथीभाइ सबैको सहयोग पाउँदा खुसी लाग्ने गरेको सुनाए । त्यस्तै भण्डारीले प्याब्सन दाङको सहसचिव भएर संस्थागत विद्यालयको हकहितका लागि काम गर्न पाउँदा अर्को खुसी लागेको सुनाए ।

भण्डारीले निर्वाचन पर्यवेक्षण समिति नियोक दाङको सचिव भएर विभिन्न निर्वाचनहरू स्वच्छ निष्पक्ष रूपले गराउन पर्यवेक्षणको जस्तो जिम्मेवार संस्थाको नेतृत्व गर्न पाउँदा पनि निकै खुसी लाग्ने गरेको सुनाए । गाउँघरमा हुने जुनसुकै काममा होस् वा सामाजिक सेवामा सानैदेखि तल्लीन भण्डारीले आत्म सन्तुष्टि नै मानिसको पहिलो खुसी भएको बताउँछन् । तुलसीपुर–७ गणेशपुर निवासी डिआर भण्डारी हाम्रो पहुँच सेकेण्डरी स्कूलका प्रिन्सिपल, प्याब्सन दाङका सहसचिव हुन् ।

प्रस्तुती : बालाराम खड्का