Goraksha

National Daily

गिरी आऊ विकास र निकास देऊ

गोरक्ष समाचारदाता

शान्तिनगर, ३० कार्तिक । ‘गिरी आऊ, विकास देऊ, निकास देऊ’ शान्तिनगरको जुम्लेकुलाको एउटा चिया पसलमा सुनिएको मतदाताहरूको बहस हो, यो । निर्वाचन क्षेत्र नम्बर ३ का संघीय उम्मेदवार एउटा कार्यकाल संसदमा पुग्न नसकेपछि स्थानीयबासी पछुताएका छन् । पश्चिम दाङका हरेक चोक र चौतारामा यस्तै भाव व्यक्त हुन्छ । नेता गिरीलाई फेरि संघीय संसदमा पठाउन खोजिरहेको छ, पश्चिम दाङ ।

‘हामीले गिरीकै योगदानमा पश्चिम क्षेत्रमा बृहत दाङ सिंचाइ आयोजना पायौँ, तुलसीपुर—पुरन्धारा–सुर्खेत सडक पायौँ, अनि दीपककै योगदानमा तुलसीपुरको टरिगाउँ एयरपोर्ट कालोपत्रे पाएका थियौँ, अब एयरपोर्टको धावनमार्गको लम्बाई पनि उनै दीपकले बनाउने छन्’, मतदाताहरूको चिया गफको बहस हो, यो । उनीहरू हौसिएका पनि थिए, यसपालि दीपकलाई चुनाव जित्न कुनै कठिनाइ हुनेछैन, उनले यस अघिको छोटो कार्यकालमा सिंचाइमन्त्री हुँदा गरेका योगदानहरू काफी छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा तुलसीपुरको पार्टी प्यालेसमा महिला सहकारी संस्थाहरूले आयोजना गरेको कार्यक्रममा पनि गिरीकै चर्चा थियो । गिरीले सभालाई सम्बोधन गर्दै महिलाहरूलाइ अर्थपूर्ण नेतृत्वमा पु¥याउन कांगे्रसको अहमभूमिका रहेको प्रष्ट्याए । ‘हरेक क्षेत्रमा महिला सहभागिता मात्रै हामीले भनेका छैनौँ, नेतृत्वमै महिला पुग्नुपर्छ भन्ने हो, यसैले यो गठबन्धनको टिमलाई मत दिन सबै महिला दिदीबहिनीहरूलाई आग्रह गर्दछु’, उम्मेदवार गिरीले भनेका छन् । कांग्रेस समावेशीको राजनीतिको सूत्रधार भएको भन्दै अहिले पनि आफ्नो पार्टीले महिलाहरूलाई हरेक क्षेत्रमा माथि उकास्न अर्थपूर्ण सहभागिताको खोजिमा रहेको पनि गिरीको अभिव्यक्ति थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ४ दिनमात्र बाँकी छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दाङ क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवारहरू घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त छन् । उनीहरू मतदातालाई भेटेर सुझाव लिँदै मत माग्न घर–घरमा पुग्ने गरेका छन् ।

सोही क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले विजयी भएपछि प्याकेजमै कार्यक्रम ल्याएर तुलसीपुरलाई स्तरीय उपमहानगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै उनले खानेपानी हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले सबै ठाउँमा खानेपानीको व्यवस्था गर्ने र टरिगाउँ एयरपोर्ट ऐतिहासिक एयरपोर्ट भएकोले पहिलो प्राथमिकतामा राखेर यसको स्तरोन्नति गर्ने बताए । पूर्व सिंचाइमन्त्री समेत रहेका गिरीले संविधानको रक्षा, मुलुकको समृद्धि, केपी वलीको अतिवादलाई अन्त्य गर्नका लागि गठबन्धन अहिलेको आवश्यकता रहेको समेत तर्क गरे ।

कार्यक्रममा दाङ क्षेत्र नं. ३ क का प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरीले रानागाउँको बस्ती भविष्यमा सुन्दर बस्ती बन्नेमा आफू विश्वत रहेको बताएका छन् । उनले भने, ‘सहरदेखि थोरै टाढा भए पनि यहाँको हावापानी शुद्ध छ, भविष्यमा सबैभन्दा ठूलो भिआइपी एरिया बन्नसक्ने भएकोले यस ठाउँलाई अहिलेदेखि नै योजना बनाएर यहाँको सडक चौडा, बिजुली बत्तीका नाङ्गा पोलहरूलाई व्यवस्थित बनाउन जरुरी छ तर जहाँ सुन्दर बस्ती बनाउँछौँ त्यहाँका कृषकहरू विस्थापित भइरहेका हुन्छन्, तपाईहरू त्यसो नगर्नुहोला ।’

साथै उनले गएको निर्वाचनमा राप्ती अञ्चलमै कांग्रेसले धेरै हार व्यहोर्नु परेको भन्दै यस पटक निर्वाचनमा कोही पनि भ्रममा नपरी गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरे । साथै बबई गाउँपालिकाको सोनपुर, कालचार, शान्तिनगरको भैसा, तुलसीपुर–७ का विभिन्न टोलहरूमा भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छन् । ती बस्तीहरूमा पनि उम्मेदवार गिरीले अब विकास र सुशासन पहिलो प्राथमिकतामा रहेको बताएका थिए ।

मानव विकासमा पनि गिरी गम्भीर

यसैबीच उम्मेदवार गिरीले पश्चिम दाङलाइ दुव्र्यसनी मुक्त बनाउन पनि अहम भूमिका निर्वाह गर्ने बताएका छन् । लागूऔषधको कूलतमा फसेका युवाहरूलाई सचेतना जगाउँदै लागूऔषधका कारोबारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याएर सुरक्षित तुलसीपुर बनाउने पनि गिरीको प्रण थियो । लागूऔषध दुव्र्यसनीका सन्दर्भमा पनि म निकै गम्भीर छु, यसमा युवाहरूलाइ सचेत बनाउन मेरो प्रण हुनेछ’, गिरीले भने ।

लैङ्गिक हिंसा, घरेलु हिंसालगायतका सवालमा पनि आफ्नो अर्थपूर्ण भूमिका हुने उनले बताए । भौतिक विकासले मात्रै समाज सक्षम नहुने भन्दै मानवीय विकासलाई पनि सँगसँगै जोडेर लैजाने गिरीको प्रतिबद्धता थियो । ‘तुलसीपुरको असुरक्षाको विषयमा विश्व समुदायमै चर्चा छ, त्यसलाई करेक्शन गरेर दातृ निकायहरूलाई सुरक्षित तुलसीपुरको ग्यारेन्टी हामीले दिलाउने छौँ’, गिरीले भने, ‘यसपछि विदेशी लगानीकर्ताहरू तुलसीपुरमा लगानी गर्न तयार हुने मैले विश्वास लिएको छु ।’