मधुसूदन सुवेदी
ए चुनाव ! संघीय चुनाव तथा प्रदेश चुनाव तथा प्रदेश चुनाव नजिक आउँदै गर्दा दलहरु सिंगल–सिंगल मैदानमा उत्रन सकिरहेका छैनन् । हरेक दललाई कतै न कतैको वा कसै न कसैका चुनौती सामना गर्नुपर्ने असुभ संकेत देख्न थालिसकेका छन् । निकै लामो छलफल, निकै लामो वादविवाद, निकै लामो रस्साकस्सीका बाबजुद सिट बाँडफाँडको टुङ्गो लगाए तापनि कसै र कोही पार्टीले पनि आफ्ना घरका संस्थालाई खुसी पार्न सकेका छैनन् ।
बरु उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई चिढाउनका लागि अस्वस्थ अस्वस्थ गठबन्धन गरेर विचार, आदर्श, सिद्धान्त, आचरण, संस्कार र उद्देश्य नमिल्नेसँग तालमेल गरिरहेका छन् । यसपालिको चुनावी छनक हेर्दा देशभक्त राजनीति पार्टी, दल, व्यक्ति, शक्ति, संगठन, दल र मोर्चाको अनुहार पटक्कै ठिक लागने । देशका लागि लड्यौँ भनेर धाक लगाउनेको यतिबेला नाक काटिएको छ र धोती फुस्किएको छ ।
धमिलो पानीमा तेल मिसाएको, धमिलो पानीमा काँठमिसिएको, तेलको कातीमा माटो मिसिएको, पानीभित्र अंगार मिसिएको, दहीमा दूध मिसिएको, मासुमा स्याउ मिसिएको, महमा नौनी मिसिएको, माटोमा हिलो मिसिएको, चामलमा बालुवा मिसिएको, मकैमा तोरी मिसिएको, तोरीमा फापर मिसिएको, जौँमा भटमास मिसिएको, केरामा गोठो मिसिएको, घ्यूमा तेल मिसिएको, कपडामा पात मिसिएको, हरियो पातमा सुकेको झार मिसिएको, रुखमा घाँस मिसिएको, बोक्रामा दाउरा मिसिएको, फलाममा हिरा मिसिएको, कुरामा छुरा मिसिएको के–के हो के–के भनेर लेखेर साध्यै छैन । यस्तो असन्तुलित मिलन यस्तो असन्तुुलित घुलन र यस्तो असन्तुलित मिलनले के काम गर्छ यो कुनै राष्ट्रको लागि हो र ? यो ते केवल लोकल भाले तीन पानेसँग खानका लागि मात्र हो ।
रातो लाकल भाले, कालो लोकल भाले, उल्टे कुखुरो सहित मार्सीको तीनपाने, कोदाको नीतपाने, स्याउको तीनपाने, लेकाली जडिबुटीको तीनपाने खानका लागि यत्रो रडाको मच्चाएका छन् । आजका तालमेलवाला सबै के छ राष्ट्रिय भिजन ? असल नागरिकसँग भन्न सक्छन् । आज काठमाडौंका शिक्षित जनतासँग भोट माग्न नसकेर बहुचर्चित राष्ट्रिय खेलाडी किन पहाडको भञ्ज्याङ काट्नुप¥यो ?
काठमाडौंका जनतासँग किन अनुहार देखाउन सकेनन् ? आजसम्म काठमाडौं नत्यागेका नेता चुनाव आउने बित्तिकै किन हिमाल र पहाड भाग्ने ? हिमाली जनतालाई ढाँट्नको लागि पहाडी जनतालाई ठग्नको लागि र भए नभएको सपना देखाउनको लागि त्यहाँ गएका होइनन् र ? सबै काठमाडौँबाट उठ्न सकेनन र समय पनि भएन तर आफ्नो गृहजिल्लामा त जानैपथ्र्यो र त्यहाँबाट उम्मेदवारी दिनैपथ्र्यो नि ! त्यो पनि किन गर्न सकेनन् ? दलहरुको हैसियत यसपालि त राम्रैसँग देखियो नि ! आउने मंसिर ४ को चुनावदेखि सबैलाई एक किसिमको भय, त्रास, डर, आशंका र भ्रम अवश्य छ ।
किनभने अब नेताले आफ्नो छातीमा हात राख्ने बेला भइसकेको छ । यसपालि जनताले आफूले चिउरा मासु खाने होइन अर्थात् आगामी मंसिर ४ गतेको चुनावमा नेपाली जनताले कोहीले पनि धानको चिउरा र ब्रोइलर कुखुराको मासु खाने होइन, उल्टै नेताहरुलाई फलामको चिउरा खुवाएर आची चटाउने हो ।
बुढापाका, थोत्रा, च्यातिएका, टालेका, बटुलेका, भित्रिएका, भिœयाइएका, पाहुना पर्न आएका, च्याखे थापेका बटुक बोकेका, गुलेली बोकेका, मुख मिठाएका, छड्के नजर लगाएका, बिग्रिएका, भत्किएका, सिसीमुनि, डनवाद, धनवाद, गनवाद, जंगली प्रणाली, दानवी प्राणी, आसुरी प्राणी, दाँत झरेका, केश पाकेका, जिभ्रो खसेका, खुट्टा बटारिएका, आँखा बसेका, कान पाकेका, छालाले चुना पारेका, छालाको झालर बोकेका जोगी, भोगी, शोकी, डाक्टर, वैद्य, नर्स, धामी, झाँक्री, कलाकार, गायककार, नाटककार सबैलाई ठेगान लगाउनैपर्छ ।
किनभने यी र यस्ता व्यक्तिका हातमा देश गयो भने हामी सदासर्वदा मागीखाने मगन्ते, भिखारीर दीनदुःखी हुनेछौँ । यतिबेला घर न घाट भएका व्यक्ति समेत राजनीतिमा होमिएका छन् । नेपालमा राजनीति गर्न भनेको जोगीले भीक्षा माग्नुसरह भइसकेको छ । हामीले चुनावी उत्सवमा जोगी, भोगी र सौखिनलाई त्यागेर आदर्श पुरुष, आदर्श नारी, भगवान रामचन्द्र तथा सीताजस्तालाई विजयी बनाउन सिकौँ । यतिबेला हामी नेपाली जनतामा यति ठूलो शक्ति छ कि त्यसको कुनै बयान नै गर्न सकिन्न । यो शक्तिलाई महाशक्तिमा रुपान्तरण गरेर भगवानको रुप प्राप्त गर्ने जमर्को गरौँ । अब देशमा ऋषिमुनिको काम छ सिसीमुनिको होइन ।
सिसीमुनिले ठूलो समय नेपालमा शासन चलाए र हामीलाई पनि रुवाए । अब यिनको बिजाई गर्न नितान्त जरुरी छ । अब नेता नेता रहेनन् । दल दल रहेनन् र पार्टी पार्टी रहेनन् । त्यसैले यस्ता धर्मछाडालाई समयमा ठेगान लगाइएन भने यिनै भष्मासुर नबन्लान् भन्न सकिन्न । अब भस्मासुरलाई वरदान दिने होइन । उसलाई दिएको वरदान खोसेर, च्यातेर, चिथोरेर नाङ्गै बनाउने हो । नेपालमा राजनीतिमा भस्मासुर जन्माउने नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको बेलैमा बुद्धि पलाओस् र आजका दलको बल हेरेर किनारा लगाउने काम गरौँ । समय यही हो । बेला यही हो । मौका यही हो ।