जिल्लामा व्लडको अभाव हुन नदिन नेविसंघद्वारा रक्तदान

दाङ,२८ कार्तिक । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनको प्रचारप्रसार रक्तदाताहरु हिडेसँगै जिल्लामा क्रियाशिल सामाजिक संघ सस्थाहरुले रक्तदानका कार्यक्रमहरु नगर्दा केही दिनयता बिरामीलाई देखिएको रगतको अभाव हट्न थालेको छ ।

अप्रेसन, डेलीभरीलगायतका बिरामीहरुलाई अत्यावश्यक पर्ने व्लड जिल्लामा अभाव हुन नदिनका लागि सामाजिक संघसस्थाहरुसँगै राजनीतिक दलका भातृसंस्थाहरुले रक्तदानका कार्यक्रमहरु राख्न थालेपछि जिल्लामा व्लडको अभाव हट्न थालेको रक्त संचार केन्द्र दाङका इन्चार्ज दिलिप न्यौपानेले जानकारी दिएका छन् ।न्यौपानेका अनुसार तीन दिनको अवधिमा करिव ६० जना बढीले रक्तदान गरेका छन् ।

नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसन घोराही, बैंकर्श क्लव र सत्यसाई केन्द्र रतनपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६० जना बढीले रक्तदान गरेका छन् । नेपाल विद्यार्थी संघ महेन्द्र बुहुमुखी क्याम्पस इकाइ समितिले सोमवार र बैंकर्श क्लव र सत्यसाई केन्द्र रतनपुरले शनिवार रक्तदानको कार्यक्रम गरेका थिए ।

नेपाल विद्यार्थी संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा योगेन्द्र जिसी,घनश्याम कोइराला, माधव बस्नेत, श्रवण अधिकारी, टेकेन्द्र जिसी, सुन्दर जिसी, निमबहादुर विक, अग्नी अधिकारी, विशाल भट्राई,लिलाधर वली,नारायण पोख्रेल,शान्तराम सुनार,श्रीधर केसी, मेघबहादुर खड्का, सतिश अर्याल, रुपेश पाण्डे, प्रेमसिंह वली, बलबहादुर वली,हकीरामकुमार शाह,धिरजकुमार शाह,राहुल धेनी,गोपीकृष्ण चौधरी,लालिन्द्र शाह,सुमन पोख्रेल,बसन्त कडेल,अमरजीत नेपाली,नविन केसी,बसन्त भण्डारी,खगराज खनाल, गोविन्द विष्ट र शिव थापाले रक्तदान गरेको नेपाल विद्यार्थी संघका नेता निरज गिरीले जानकारी दिएका छन् । बिरामीहरुलाई अत्यावश्यक पर्ने व्लड अभावको समाचार बाहिर आएपछि आफुहरुले रक्तदानको कार्यक्रमको आयोजना गरेको नेता गिरीले बताएका हुन ।

नेपाल विद्यार्थी संघ महेन्द्र बुहुमुखी क्याम्पस इकाइ उपसभापति पूर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य बिरबहादुर खत्री ‘बीरु’, घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा सदस्य लेखनाथ बुढाथोकी, नेपाल विद्यार्थी संघका नेता कुलराज पोख्रेल, निरज गिरी, मनोज डिसी, गुरु गौतम,दिपेन्द्र खड्का,प्रख्यात सुवेदी,ओमप्रकाश शर्मालगायतको उपस्थीति रहेको थियो । निर्वाचनका क्रममा रक्तदानका कार्यक्रमहरु नहुँदा जिल्लाका घोराही, लमही र तुलसीपुरमा रहेका ३ अस्पतालहरुमा रगतको अभाव देखिएको थियो ।

रक्त सञ्चार केन्द्र दाङको रजिष्टरमा रहरले १÷२ पटक रगत दान गर्नेदेखि कसैको जीवन बचाउनकै लागि नियमित ७० पटकसम्म रगत दान गर्ने करिव ७ सय रक्तदाताहरुको नाम सुचिवद्ध छ । तर समय पुगेपछि नियमित रगत दान गर्ने घोराही क्षेत्रमा २५÷३० जना छन् । दशै यता कुनैपनि सामाजिक संघ सस्थाले रगत संकलनको लागि भनेर कार्यक्रमको आयोजना नगर्दा जिल्लामा रगतको समस्या देखिएको रक्त संचार सेवा केन्द्र दाङका इन्चार्ज न्यौपानेले जानकारी दिएका छन् ।