गोरक्ष समाचारदाता
दाङ, २८ कार्तिक । दाङ क्षेत्र नं.२ अन्तर्गत सत्ता गठबन्धन प्रदेशसभाका उम्मेदवारहरूले जनताले खोज्ने होइन जनतालाई खोज्ने जनप्रतिनिधि चुन्नुपर्ने बताएका छन् । जनतालाई खोज्नुपर्ने भन्दा पनि जनताले रोज्नुपर्ने उम्मेदवारहरूलाई जिताउँदा अपेक्षाअनुसारको विकास हुन नसकेको भन्दै उनीहरूले यस पटकको निर्वाचनमा जनताहरू सचेत हुनुपर्ने बताएका हुन् ।
निर्वाचन प्रचारप्रसारका क्रममा दाङ क्षेत्र नं. २ का विभिन्न स्थानमा भएका घरदैलो तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरूले मतदातालाई योग्य, सक्षम र जनताको सुख–दुःखमा साथ दिने उम्मेदवारहरूको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । उनीहरूले निर्वाचनका क्रममा जनतालाई आवश्वासन दिनेभन्दा पनि विगत र भविष्यलाई मूल्याङ्कन गरेर दाङको विकासका लागि काम गरेका र गर्नसक्ने उम्मेदवारलाई जिताउनका लागि लाग्न समेत आग्रह गरेका थिए ।
घोराही उपमहानगरपालिका–१५ काठेकोहललगायतका विभिन्न स्थानमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार राजु खनालले निर्वाचनमा मतदान गर्दा जनतालाई सचेत बन्न आग्रह गरे । एक भोटका कारण पाँच वर्ष पछुताउने अवस्था आउनसक्ने भन्दै उनले त्यसका लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई मतदातालाई सचेत बनाउन लाग्नुपर्ने बताए ।
भेटघाटका क्रममा जनताका समस्याबारे जानकारी लिँदै खनालले आफू समस्या समाधानका लागि सधैँ तयार रहेको बताएका थिए । आफूहरू विजयी भएर गएर पिछडिएको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने भन्दै त्यसका लागि सबै लाग्न समेत आग्रह गरेका थिए । ‘हामी यस क्षेत्रको समस्याका बारेमा जानकार छौँ, त्यसको समस्याको समाधान गर्न लागिपर्ने छौँ’, उनले भने । हिजो पनि जनतासँगै रहेको र आउँदा दिनमा पनि सँगै रहने उनको भनाइ रहेको थियो ।
विकासमा विगतका वर्षहरूमा पनि काम गरेको भन्दै आउँदा दिनमा पनि निरन्तरता दिने उम्मेदवार खनालले बताएका थिए । ‘केही काम भएका छन् केही बाँकी छ बाँकी रहेका कामहरू पूरा गर्न हामी लागिपर्ने छौँ’, उनले भने । आपूm लामो समयदेखि जनताको बीचमा रहेर काम गरेकाले आउने निर्वाचनमा पनि आपूmलाई जनताको साथ रहने बताए । देशका लागि गठबन्धन आवश्यक रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन समेत उनले आग्रह गरेका थिए ।
यसैक्रममा क्षेत्र नं. २ प्रदेशसभा सदस्यका उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले जनताको सुख–दुःखसँगै परिवर्तनको नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस भएको भन्दै जनतालाई गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । संविधान र जनताको प्रतिनिधिले आवाज उठाउने ठाउँ प्रतिनिधिसभा विघठनको पक्षमा लाग्ने व्यक्तिहरू अहिले पनि फेरि जनतालाई झुक्याउनका लागि विभिन्न आश्वासन बाँड्ने काम गरिरहेको भन्दै उनीहरूको आश्वासनमा नपर्न समेत उम्मेदवार न्यौपानेले आग्रह गरेका उनले शिक्षा, स्वास्थ्य, सडक, कृषिलगायतका पूर्वाधारहरूको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
यसैगरी दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेखाले परिवर्तनका उपलब्धिहरूलाई रक्षासँगै समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरिन् । उनले उपलब्धिको पक्षमा लाग्ने उम्मेदवारलाई विजयी बनाउन लाग्नुपर्ने बताइन् । अहिले पनि उपलब्धिको रक्षा गर्नुपर्ने भन्दा पनि कतिपय उम्मेदवारहरू प्राप्त उपलब्धिहरूलाई सक्ने गरी लागिरहेको भन्दै त्यस्तालाई निर्वाचनका माध्यमबाट जनताले सजाय दिनुपर्ने बताइन् । उनले जनताको लामो त्याग र संघर्षपछि प्राप्त उपलब्धिहरूको रक्षाका लागि सचेत जनता एकजुट भएर निर्वाचनमा खटिन समेत आग्रह गरिन् । भेटघाटका क्रममा मतदाताले आप्mना क्षेत्रमा रहेका समस्याका बारेमा जानकारी गराएका थिए । उनीहरूले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक तथा अन्य समस्याका बारेमा जानकारी गराएका हुन् ।