तुलसीपुर ११ मा राहत वितरण शुरु
उरहरी, २५ चैत्र । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयले कोरोना भाईरसका कारण प्रभावित विपन्न तथा मजदुरी गरि छाक टार्ने घरधुरीलाई राहत वितरण गर्न शुरु गरेको छ । टोल विकास संस्थाबाट सिफारिस भई आएका त्यस्ता व्यक्तीहरुलाई वडा कार्यालयले आज देखि राहत वितरण शुरु गरेको वडा सदस्य सुवास डांगीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष चित्र वहादुर वली लगायत जनप्रतिनिधिहरु, वडा कार्यालयका कर्मचारी तथा प्रहरी प्रशासन र टोल विकास संस्थाका प्रतिनिधिको रोहवरमा आज वडाको सुकौरा, वेलगनार, घोराडवरा र नवलपुर गाउका विपन्न तथा मजदुरी गरि छाक टार्ने ४३ घरपरिवारलाई राहत वितरण गरिएको हो । टोलबाट सिफारिस भए अनुशार २०० घरपरिवार मध्ये आज मात्रै ४३ घरपरिवारलाई राहत वितरण गरिएको र अन्य गाउकालाई क्रमश भोली, पर्सी सम्म राहत वितरण गरिने वडा कार्यालयकी सचिव लक्ष्मी रानाले जानकारी दिनुभयो ।
टोल विकास संस्थाबाट २०० जनाको सिफारिस भएपनि उपमहानगरपालिकाले १०० जनाका लागी मात्रै राहत उपलव्ध गराएपछि उक्त राहत आधा आधा गरि २०० घरपरिवारलाई पु¥याउने गरि वितरण शुरु गरिएको वडा अध्यक्ष चित्र वहादुर वलीले जानकारी दिनुभयो । वडा अध्यक्ष वलीका अनुशार राहतको रुपमा प्रति घरपरिवार ३० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा सावुन वितरण गर्ने भनिएकोमा उपमहानगरपालिकाले हाललाई १ सय जनालाई मात्रै राहत उपलव्ध गराउन सकिने भनेपछि आधा आधा वितरण गर्नुपरेको हो । भोली कटाहां, वेल्टाकुरा, मोतिपुर, प्रिगाउ, चपुवाडाडा लगायतका गाउका विपन्न तथा मजदुरी गरि गुजारा चलाउनेहरुलाई राहत वितरण गरिने छ भने वांकीलाई पर्सी वितरण गरिने वडा सदस्य सुवास डांगीले जानकारी दिनुभयो ।
