प्रशासनद्वारा मुर्ती विसर्जन
सनिउल्ला धोबी
कपिलवस्तु, कार्तिक, १५ । कपिलवस्तुको कृष्णनगरमा विवदित लक्ष्मी देवीको मूर्ती प्रशासनले विसर्जन गरेको छ । गएराती प्रसाशनले नजिकैको पोखरीमा सो मूर्ती विसर्जन गरेको शसस्त्र प्रहरी वल सिमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख सुशीलकुमार शाहीले जानकारी दिनुभयो ।
मन्दीर बिसर्जन गर्नका लागि कुन बाटो प्रयोग गर्ने भन्ने विवादले उग्र रुप लिदा त्यहाँ कफ्र्यु लगाउनु परेको थियो । कफ्र्यु उलंघन गर्दा एकजनाको प्रहरीको गोलीलागी मृत्यु समेत भएको थियो । स्थानीयले आर्फ लक्ष्मी मूर्ती बिसर्जन गर्नका लागि अबस्था सहज नबनिसेकाले प्रशासन आफैले मूर्ती बिसर्जन गर्न परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।