Goraksha

National Daily

बंगलाचुलीमा स्थानीय बिषयको पाठ्यक्र बारे प्रबोधिकरण

गोरक्ष समाचारदाता
दाङ, २० कार्तिक । बंगलाचुली गाउँपालिकाले तयार गरेको स्थानीय बिषयको पाठ्क्रमबारे स्थानीय बिषय अध्यापन गर्ने शिक्षकहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बंगलाचुली गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभुत तह कक्षा १–८ मा अध्यापन गर्ने पालिकाभरका सबै बिद्यालयका बिषय शिक्षकहरुलाई स्थानीय बिषयको पाठ्क्रमका आधारमा कसरी अध्यापन गर्ने भन्ने बिषयमा स्थानीय पाठ्क्रम बिज्ञ महेन्द्र बहुमुखी क्याम्पस दाङका उप प्राध्यपक सुदर्शन रिजाल र बंगलाचुली शिक्षा शाखा प्रमुख ओम प्रकाश के.सी.ले प्रबोधिकरण गरेका थिए ।

नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ को परिधिमा रही गाउँपालिकाका सबै शिक्षा सरोकारवाला तथा वडाका जानकारहरुबाट राय सुझाव लिई तयार गरिएको तथा गाउँपालिकाले यसै शैक्षिक बर्षबाट कार्यन्वयनमा ल्याएको पाठ्यक्रमलाई परियोजना कार्य, प्रयोगात्मक कार्य स्थलगत अनुगमन अवलोकनका साथै अनुभव गर्दै सिक्ने बिधिबाट अध्यापन गर्ने मोडेलमा तयार गरिएको पाठ्क्रमका बारे बिषयगत शिक्षकहरुलाई अभिमुखीकरण गरिएको गाउपालिका शिक्षा शाखाले जनाएको छ ।

अभिमुखीकरणमा पालिकाभरका ४० बढी शिक्षकहरुको सहभागिता रहेको थियो । पालिका शिक्षा प्रमुख ओम प्रकाश केसीले उद्घाटन गरेको अभिमुखीकरण कार्यक्रममा शिक्षहरुले वर्तमान अध्यापन तथा मुल्याङ्कन प्रणालीलाई स्थानीय बिषयमा कसरी जोड्न सकिन्छ र पाठ्यपुस्तकको सहारा बिना पाठ्यक्रम मात्रका आधारमा कसरी अध्यापन गर्ने भन्ने बिषयमा समुह कार्य छलफल समेत गरेका थिए । तालिमको उद्घाटन तथा समापन सत्रको सहजीक्रण शिक्षा शाखाका प्राबिधिक सहायक डेम पुनले गरेका थिए ।