Goraksha

National Daily

इन्देणी युवा क्लबद्वारा स्वास्थ सामग्री सहयोग

हिमाल खडका

दाङ,२५चैत | दाङको भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले विभिन्न स्वास्थ्य सामग्री बितरण गरेको छ। राप्ती गाउपालिकाभित्र रहेका लालमटिया स्वास्थ्य चौकी र सिसहनिया स्वास्थ्य चौकीलाइ लुज ग्लोब,सर्जिकल ग्लोब,सर्जिकल मास्क,सेनिटाइजर,हाताधुने साबुनलगायतका सामाग्रीहरु वितरण गरेको हो।

त्यस्तै ससस्त्र प्रहरी गण भालुवाङ, इलाका प्रहरी कार्यालय भालुवाङ र ट्राफिक प्रहरी कार्यालय भालुवाङलाई पनि हाताधुने साबुन,सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको हो। सहयोग सामाग्रीहरु हस्तान्तरण गर्दै अध्यक्ष भिमबहादुर मरासिनीले कोरोना भाइरसको जोखिमलाई कम गर्न क्लबको तर्फबाट सानो सहयोग गरिएको बताएका थिए । उनले आगामी दिनमा समेत आफुले सक्दो सहयोग गर्ने बताएका थिए । साथै संकटको सामाना गर्न सबै नेपालीहरु एकजुट भएर लाग्न र सरकारका निर्देशनहरुको पालना गरेर होम क्वारेण्टाइनमा बसेर आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नमा मद्दत गर्न सम्पूर्णलाई आग्रह गरेका थिए । क्लबका सचिब जीवन शेर्पा,कोषाध्यक्ष मोहन श्रेष्ठ,वडा नम्बर १ का सदस्य गीता थापा,पत्रकार बिदुर एम.सीलगायतको रोहबरमा सामाग्रीहरु वितरण गरिएको थियो । सहयोग सामग्री भालुवाङ हेल्थ पोस्ट इञ्चार्ज गिरबहादुर पौडेल,सिसहनिया हेल्थ पोस्ट इन्चार्ज धन बहादुर खड्का,ससस्त्र प्रहरी गण भालुवाङका प्रमुख , इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख र ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख ले उक्त सामाग्रीहरु बुझिलिनुभएको थियो।