Goraksha

National Daily

लायन्स क्लब घोराही सिटिद्वारा १७५ पिपिई सहयोग

दाङ,२५ चैत । कोरोना भाइरसका संक्रमित बिरामीहरुको स्वास्थ परिक्षणका लागि स्वास्थकर्मीले प्रयोग गर्ने १ सय ७५ थान लायन्स कल्ब अफ घोराही सिटिले सहयोग गरेको छ ।

क्लबका अध्यक्ष भारतराज देबकोटा, पुर्ब अध्यक्ष सुशीलप्रकाश आचार्य र सचिव बिबेक आचार्यले लमही हस्पिटललाई 40 थान र अन्य ठाँउका लागि आवश्यक १ सय ३५ थान पिपिई जिल्ला प्रशासन कार्यालयमार्फत सहयोग गरेका हुन ।उक्त सामग्री लायन्स क्लब अफ घोराही सिटीका अध्यक्षलायतले प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई सहयोग गरेका थिए ।