Goraksha

National Daily

महिला सामुदायिक लघुवित्तद्धारा शान्तिनगरलाई राहात प्रदान

दाङ, चैत्र २५ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड दाङले शान्तिनगर गाउँपलिकालाई राहात प्रदान गरेको छ । राहात प्रदान कार्यक्रम अन्तरगत शान्ति नगर गाउँपालिकासंगको समन्वयमा संस्थाका संचार अधिकृत देविराम कुसारी र फिल्ड सहायक केशब ढकालले गाउँपालिकाका स्टोर प्रमुख नन्दराम केसी र नायव पशु स्वास्थ्य प्राविधीक चित्रबहादुर क्षेत्रीलाई ४८ हजार चास सयको ११ क्वीइन्टल चामल प्रदान गर्नुभएको हो ।

गाउँपालिकाका अध्यक्ष कमनसिंह डागी र प्रमुख प्रशासकिय अधिकृत नरबहादुर विकले खाद्यान्न आभाव भएको जानकारी दिए पछि संस्थाले चामल प्रदान गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोकमणी रेग्मीले जानकारी दिनुभएको छ । राहात बुझ्दै स्टोर प्रमुख केसीले संस्थाले प्रदान गरेको राहातले गाउँपालिकाका विपन्न परिवारलाई ठुलो सहयोग पुग्ने वताउनु भयो । नौं सय घर परिवार विपन्न भएको वताउदै प्रमुख प्रशासकिय अधिकृत विकले अझै पनि खाद्यान्न अभाव रहेकाले अन्य संस्थालाई पनि सहयोग गर्न आग्रह गर्नुभएको थियो । यो विपतीमा महिला समुदायिक नै आफ्नो गाउँपालिकामा सहयोग गर्ने पहिलो संस्था भएको वताउदै विकले करिव चास सयलाई वितरण गरेको र वाकीलाई पनि सहयोग जुटाउदै गरेको जानकारी दिनुभयो । संस्थाले प्युठानका चार र दाङका दुइ वटा स्थानिय तहलाई करिव साढे तीनलाख वराबरको राहात यस अघिनै प्रदान गरि सकेको संस्थाका वरिष्ट प्रवन्धक पवन योगीले जानकारी दिनुभएको छ । महामारिको रुपमा फैलिएको कोरोनाका कारण भएको लक डाउन वाट समस्यामा परेका संस्थाका सदस्य तथा विपन्न परिवारलाई राहात होस भन्ने उदेश्याकासाथ राहात प्रदान कार्यलाई जारी राखेको संस्थाका आर्थिक व्यवस्थापन संयोजक एंव प्रमुख कार्यकारी निर्देशक विमला यागीले जानकारी दिनुभएको छ । ग्रामिण र विपन्न समुदायसंगै संस्था जन्मको र हुर्केको हुदा ग्रामिण समुदायको पिडा कम गर्न संस्थाले गरेको सानो सहयोगलाई सहर्ष स्वीकारेकोमा सवै स्थानिय तहलाई प्रमुख कार्यकारी निर्देशक योगीले धन्यवाद दिनुभएको छ ।