मेरो खुशी : आफ्नो स्वर रेडियोबाट अन एयर हुँदा …

वि.सं.२०५३ सालदेखि औपचारिक शिक्षा लिन विद्यालय प्रवेश गरेदेखि नै खै किन हो र कसरी हो, दुई क्षेत्रहरू मलाई असाध्यै मन पर्नथाले । ती थिए एक शिक्षा र अर्को सञ्चार । मलाई आज पनि सम्झना छ, सानो हुँदा कक्षामा सर÷मेडमले पछि ठूलो भएपछि के बन्ने इच्छा छ ? भनेर प्रश्न गर्दा मैले सधैँ एक तपाईंजस्तै पढाउने मान्छे र अर्को रेडियो भित्र बसेर बोल्न मन छ भनेर जवाफ दिन्थेँ । मलाई सानो छदा रेडियो भित्र मान्छे कसरी बसेर बोल्छन् होला भन्ने लाग्थ्यो ।

सबैका प्रिय, मिजासिला, कर्ममा विश्वास गर्ने शिव पुनले भने, ‘उमेर बढ्दै जाँदा त्यो सानै उमेरदेखिको रेडियोमा बोल्ने मभित्रको हुतहुती अझ बढ्न थाल्यो र म त्यो गन्तव्य चुम्ने मार्गको खोजीमा भौतारिरहेको थिएँ ।’ त्यसै समय सायद वि.सं.२०६४ साल मङ्सिर पहिलो हप्तातिर हुनुपर्छ, घोराहीबाट अलि पर गोग्लीमा स्टेशन रहेको रेडियो गणतन्त्र एफएमले सञ्चालन गरेको रेडियो उद्घोषण तालिममा सहभागी हुने अवसर पाएँ र सहभागी मध्येबाट उत्कृष्ट प्रशिक्षार्थी घोषित भइ २०६४ मङ्सिर २५ गते पहिलो पटक रेडियोमा बोल्दाको दिन मेरा लागि अहिलेसम्मकै सबैभन्दा खुसीको दिन बनेको छ । पुनले जीवनका उकाली–ओरालीहरुमा अनेकौ दुःखभित्रका खुसीका पल भए पनि रेडियोबाट आफ्नो आवाज प्रसारण गर्दाको दिन निकै खुसी भएको बताउँछन् ।

विसं २०४७ भदौ ७ गते बुबा हर्कबहादुर पुन र आमा हस्तमाली पुनका कान्छो छोरा शिव पुन रुकुम–पूर्व भुमे गाउँपालिका–९ चुन्वाङमा जन्मिए पनि हाल कर्मथलो र बसाइँ भने तुलसीपुर उपमहानगरपालिका–७ खर्चवा दाङलाई बनाएका छन् । पुनले विसं २०६३ सालको एसएलसी परीक्षामा मावि कालाखोला स्कूलको ब्याच टपर भएर पास हुँदाको क्षण अर्को खुसी भएको सम्झिए ।

त्यतिबेला एसएलसीलाई फलामे गेट नै मान्निथ्यो । त्यसमा पनि म त्यो व्याचमा टपर हुँदा मेरो खुसीको सीमा नै रहेन । त्यो खुसी मैले साथीभाई र घरपरिवारसँग साटेँ’, पुनले भने । ‘एलएलसी त्यो पनि टपर भएर पास गर्न पाउनु पनि एउटा अर्को अविस्मरणीय खुसी हो’, पुनले भने । यस्तै उनले विसं २०६५ सालमा कक्षा १२ को परीक्षा दिएलगत्तै उनले आफ्नो सानैदेखि अर्को एउटा रुचीको क्षेत्र शिक्षण सेवामा प्रवेश गर्दै जागिरे जीवनको शुभारम्भ गरे, त्यो दिन पनि उनका लागि खास दिन बन्न पुग्यो ।

यी र यस्तै थुप्रै खुसीका पलमध्ये पुन अर्को पल सम्झन्छन्, ‘ठ्याक्कै दिन त सम्झन गाह्रो भयो तर २०६५ सालतिरै हुनुपर्छ, रेडियो फिल्मी कार्यक्रमका लागि सिनेमाको चम्किलो पर्दा हेर्दै आएका नायक÷हिरो त्यतिबेलाका सर्वाधिक लोकप्रिय नायक एक्सन किङ निखिल उप्रेतीसँग प्रत्यक्ष टेलिफोनमा कुरा गर्दाको त्यो पल पनि मैले बिर्सनै नसक्ने क्षण बनेको छ । त्यो बेला फिल्म अनि कलाकारको महत्व पनि धेरै थियो ।’

त्यस्तै विसं २०७३ सालदेखि अहिलेसम्म चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखा (अघिल्लो ३ वर्ष कोषाध्यक्ष र हाल संघको अध्यक्ष) मा आबद्ध भइ जिल्लामा चलचित्र अर्थात् मनोरञ्जनसम्बन्धी विभिन्न बहस, छलफल, अन्तत्र्रिmया, सम्मेलनजस्ता कार्यक्रम गरी समग्र चलचित्र क्षेत्रको प्रबद्र्धन र विकासमा टेवा पु¥याउनुका साथै जिल्लाको चलचित्र पत्रकारितालाई स्थापित एवम् चलचित्र पत्रकारलाई संस्थागत गर्ने जुन अभियानको सुरुवात गरेका छौँ त्यसबाट पनि आफूलाई छुट्टै खुसी र आनन्द मिल्ने गरेको पुन बताउँछन् ।

यसबाहेक करिब १४ वर्षदेखि शिक्षण पेसामा आबद्ध भइ हजारौँ भोलिका देशका कर्णधार विद्यार्थी भाइबहिनीको भविष्यको गोरेटो कोर्ने वा भनौँ ज्ञान दिने सुनौलो अवसर प्राप्त गर्दा र आफूले पढाएका विद्यार्थी अहिले विभिन्न क्षेत्रमा आबद्ध भइ सेवा दिएको देख्दा खुसी र आफ्नो पेसाप्रति गर्वको महसुस हुने गरेको उनी बताउँछन् । अन्य विभिन्न सामाजिक संघसंस्थामा जोडिएर सामाजिक काम गर्न पाउँदा पनि अत्यन्तै खुसी मिल्ने गरेको उनी बताउँछन् ।

उनले आफू अहिले यो स्थानसम्म आउनमा मेरो बुबा–आमा, परिवारका अन्य सदस्य, साथीभाइ, इस्टमित्रलगायतको भूमिका रहेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै उनले आफूलाई यहाँसम्म ल्याउन अझ विशेष भूमिका चाहिँ पूर्व सञ्चारकर्मी एवं शिक्षक आदरणीय गुरु रमेश रेग्मीको रहेको पनि सम्झिए । जसले मलाई कालखोला स्कूलमा कक्षा ६÷७ मा पढ्दैदेखि नै कक्षा आफ्नै सहपाठीलाई अगाडि बोर्डमा गएर पढाउने अवसर दिनुभयो । स्कूलमा हुने शुक्रवासरीय कार्यक्रममा सहभागी हुनुपर्छ भन्ने प्रेरणा, थुप्रै स्टेज कार्यक्रमको सञ्चालक बन्ने हौसला दिनुभयो, फलस्वरूप आज १४÷१५ वर्षदेखि म शिक्षण पेसामा टिकेको छु अनि सञ्चारको दुनियामा अनवरत बोलिरहेको छु– उनी विगत सम्झँदै भने ।

अर्को जीवनको सबैभन्दा ठूलो खुसी वा आनन्द भनेको अभिभावक अझ त्यसमा पनि विशेष गरी बुबाआमालाई आफ्नो कर्मबाट खुसी दिन सक्नु पनि हो । ‘आज म जुन पेसामा छु, जसरी काम गरिरहेको छु, त्यसबाट मेरा बुबाआमा अत्यन्तै खुसी हुनुहुन्छ र ममाथि गर्व गर्नुहुन्छ । त्यो पनि मेरो अर्को खुसीको कुरा भएको लेखिदिन पुनले भने ।

कक्षा १० सम्म मावि कालाखोला दाङ, प्लस टु, व्याचलर र मास्टर राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरबाट गरेका पुनले अरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने बताउँछन् । श्रीमती प्रेमा खड्का र छोरा प्रवेश पुनलगायत घरपरिवार र साथीभाइको साथ र सहयोग भरपुर पाएको भन्दै खुसी व्यक्त गरे । तुलसीपुर–७ निवासी शिव पुन हाम्रो पहुँच बोर्डिङ स्कूलको सहायक प्रअ, रेडियो हाम्रो पहुँचको कार्यक्रम संयोजक तथा चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष हुन् ।

प्रस्तुती : बालाराम खड्का