फिचर लेखन तालिम सुरु

दाङ, २ कार्तिक । फिचर लेखनसम्बन्धी ४ दिने पत्रकारिता तालिम मंगलवारदेखि घोराहीमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको संयोजनमा तालिम सुरु भएको हो ।

त्यस अवसरमा महासघ पूर्ब केन्द्रीय अध्यक्ष तथा तालिका प्रमुख प्रशिक्षक डा.महेन्द्र बिष्टले नेपालको परिवर्तन र परिवर्तनलाई संस्थागत गर्न खेलेको भूमिका अतुलीनय रहेको बताउँदै अहिले पत्रकारितालाई विश्वसनीय बनाउन पनि त्यत्तिकै चुनौती रहेको बताए । विष्टले नेपाली पत्रकारितालाई विश्वसनीय बनाउन जरुरी रहेको बताउँदै कसैले पनि गुनासो नगर्ने गरी समाचार सम्प्रेषण गर्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उदय जीएमले पत्रकार महासंघले व्यावसायिकरुपमा सक्षम बनाउन पत्रकारहरुको दक्षता वढाउने सोचका साथ यस्ता तालिमको आयोजना गरेको बताए ।

उनले पत्रकारहरुको सीप अभिवृद्धि गर्न पछिल्लो समय फिचर लेखनमा अब्बल कसरी बनाउन सकिन्छ भनेर यस्ता तालिम देशका विभिन्न ११ जिल्लामा सञ्चालन गरिएको बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारितामा टिक्ने र बिक्ने खालको समाचार लेखन आवश्यक रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ दाङ शाखा पूर्ब अध्यक्ष केबी मसाल, सल्लाहकार सबिन प्रियासन, लक्ष्मी आचार्यलगायतले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत र केन्द्रीय समितिका कार्यक्रम संयोजक रामप्रसाद दाहालले कार्यक्रमबारे प्रकाश पारेका थिए । तालिममा जिल्लामा क्रियाशील २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण महासंघ दाङका सचिब आर.के. शितलले गरेका थिए । तालिमको प्रमुख प्रशिक्षकमा महासंघका पूर्ब केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्ट छन् ।