घोराही–तुलसीपुर सडकखण्डका तीन ठाउँमा गठबन्धनका सम्पर्क कार्यालय स्थापना

दाङ,२८ असोज । लोकतान्त्रिक गठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नम्बर २ (ख) को सम्पर्क कार्यालय दुधरासमा स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १७ बघौसी चोकमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन दाङ क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उमेदवार रेखा शर्मा र २ (ख) का उम्मेदवार प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ ले संयुक्तरूपमा उद्घाटन गरेका हुन । तुलसीपुर उपमहानगरपालिका–१८ को हेमन्तापुर र वडा नं. १७ को दुधरासमा कार्यालय स्थापना गरिएको हो । त्यसअघि शुक्रवार आजै नारायणपुरमा पनि सम्पर्क कार्यालय स्थापना गरिएको थियो ।

सचिवालयको उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार रेखा शर्माले बिकास बिरोधीलाई शक्तिलाई परास्त गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेकी छिन । दाङमा प्रदेश राजधानी ल्याउन माओवादी र कांग्रेसको हात सबैभन्दा महत्त्वपूर्ण भएको भन्दै त्यसको कार्यान्वय गर्न पनि गठबन्धनका उम्मेदवार बिजयी गराउनु पर्ने बताइन । त्यस अवसरमा दाङ २ (ख) का उम्मेदवार प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ ले घोराही तुलसीपुर सडक खण्ड शंकर पोखरेलकै अलपत्र परेको बताइन ।