युवराज शर्मा
नेपाल सानो देश भए पनि प्राकृतिक सम्पदाको धनी देश हो । यसको उत्तरमा विशाल हिमाल पर्वतीय शृंखलाहरु छन् । विश्वको उच्च हिमछादित सगरमाथा छ । साथै विश्वमा दोस्रो स्थान भएको पानीको स्रोतहरु नदी, नाला, जलाशय, तालतलैया र सिमसारहरु छन् । स्वतन्त्र, सार्वभौम सम्पन्न देश परापूर्वदेखिको राज्य व्यवस्था छ ।
ब्रिटिस इण्डियाको शासनकाल, भारतमा रहँदा पनि नेपाललाई जित्न सकेनन् । जब कि भारत दासत्वमा ब्रिटिस शासनकालमा बाँधियो । उत्तरमा विशाल देश चीन ५ भने दक्षिण, पूर्व र पश्चिममा भारत–नेपाल सीमारेखाले घेरिएको छ । यो देशमा गोपाल वंशदेखि शाह वंशसम्मको शासन चलेको थियो । शासन प्रणालीमा नेपालीले मानसिक र सामाजिक दुःख भोग्दै आएको इतिहास छ । शाह वंशका राजा पृथ्वीनारायण शाहले बाइसे, चौबीसे राज्यहरुलाई मिलाएर एउटै विशाल नेपाल बनाएका थिए । त्यस समयमा पूर्व टिस्टा नदी र पश्चिममा सतलज नदीसम्म फैलिएको थियो ।
उत्तरमा हिमाल पर्वतदेखि दक्षिणमा गंगा नदीलाई सीमांकन गरेका थिए । मैले देखेको नेपाल भन्दै ‘मैले खोजेको नेपाल’ नामक पुस्तकमा प्रेमबहादुर शाहीले वर्णन गरेको पाइन्छ । ब्रिटिस–इण्डियाका शासकहरुले भारतलाई स्वतन्त्रता दिएपछि प्रधानमन्त्री जवाहरलाल नेहरुलाई नेपाल सानो देश छ । तिमीहरुले मिलाउनु, भारतमा गाभ्नु भनेका थिए । त्यस समयदेखि भारत नेपालसँग टाढिँदै गएको थियो ।
नेपालमा २००७ सालमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले राजा त्रिभूवन शाह र नेपाली कांग्रेस पार्टीका नेता वीपी कोइरालालाई ‘प्रजातन्त्र’ दिएर पठाएका थिए । त्यसमा नेपाली कांग्रेसको पार्टीलाई राजा त्रिभूवन शाहको शक्ति संरक्षकजस्तो बनाएर राजा त्रिभूवन शाहलाई शक्ति सम्पन्न राजा बनाएको शीर्ष नेता वीपी कोइरालालाई लागेको थियो । २०१५ सालमा आम निर्वाचन भयो । नेता वीपीले नेतृत्व गरेको नेपाली कांग्रेसले दुईतिहाइको बहुमत पायो । सरकारको सत्ता चलाउने भयो । भारतबाट प्रजातन्त्रको पोको बोकेर प्लेनबाट राजा त्रिभूवन शाह ओर्लँदाको दृश्यबाट स्पष्ट हुन्छ ।
दलीय व्यवस्थाको प्रजातन्त्र भए पनि राजा त्रिभूवन शाहमा कार्यकारिणी शक्ति थियो । नेता पीवी कोइरालालाई त्यो अवस्था खट्केको थियो । त्यसैले चीनसँग दैत्य सम्बन्ध कायम गरियो । राजा त्रिभूवन शाहको निधन भएपछि राजा महेन्द्र शाह राजा भए । उनले नेपालको पूर्वदेखि पश्चिमसम्म पैदल भ्रमण गरेर देशको अवस्था बुझेका थिए । २०१७ साल पुस १ गते नेपाली कांग्रेसको बहुदलीय शासन व्यवस्थाको शासन प्रणालीलाई अपदस्थ गरेर राजाको शक्ति देखाए ।
नेता वीपी कोइराला, गणेशमान सिंह श्रेष्ठ र कृष्णप्रसाद भट्टराईलाई जनरबन्द गरेका थिए । उनीहरुलाई राख्न सुन्दरीजलमा राम्रो देलखाना बनाए । नेपालमा पञ्चायती शासन प्रणाली लागू गरेर कार्यकारिणी राजा शक्तिमा भएको देखाएका थिए । नेपाली कांग्रेसमा अन्तरघात र अन्तरकलह बढ्दै गयो । अहिले पनि त्यस्तै वातावरण छ । पुरानो दलमा सुधार हुनुपर्छ भनाइ जनताको छ तर हुन सकेको छैन ।
नेपालमा राजा र प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने चलन छ । त्यसै सन्दर्भमा राजा महेन्द्र शाह भारतका राष्ट्रपतिको निम्तोमा गएका बखत प्रधानमन्त्री इन्दिरा गान्धीले राजालाई भेट्न आइन् । भेटमा उनले राजा महेन्द्रसँग कुराहरु राखिन् – १ नेपाल सानो र गरिब मुलुक छ । त्यसलाई भारतमा मिलाऔँ । यसको जवाफ दिँदै राजा महेन्द्र शाहले भनेका थिए, ‘नेपाल र भारत मिसिएर बन्ने देशको नाम नेपाल हुनुपर्छ ।’ यस्तो जवाफ सुनेर प्रधानमन्त्री इन्दिरा धान्धी स्तब्ध भइन् । २– राजा महेन्द्र शाहले नेपालको पूर्व–पश्चिम राजमार्ग बनाउँदा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको भनाइ थियो ।
नेपालमा यति ठूलो राजमार्ग बनाउँदा भारतको स्वकृति लिनु पर्दैन ? राजा महेन्द्र शाहले भने नेपाल एउटा सार्वभौम देश हो । उसले आफ्नो देशमा निर्माण गर्दा भारतको स्वीकृति लिनुपर्ने ? राजा महेन्द्रको उत्तर सुनेर इन्दिरा गान्धीको भनाइ थियो – पहाडी भूभागमा निर्माण गर्नु तर तराई भूभागमा निर्माण गर्दा भारतको स्वीकृति लिनु पर्दैन ? भनाइको जवाफ सुनेर राजा महेन्द्र शाहले भनेका थिए – प्रधानमन्त्री इन्दिरा पहाडी उभिएको गोर्खाली सेनाले लगाएको टोपीमा खुकुरी भएको टोपी देखाउँदै भने – जहाँ–जहाँ यिनीहरुले खुट्टा राख्छन् ती ठाउँहरु नेपाल हुन्छ र ? प्रधानमन्त्री इन्दिरा गान्धी नाजवाफ भइन् ।
३– भारतीय पत्रकारहरुले राजा महेन्द्रसँग प्रश्न गरे – सानो देश नेपालको राजाको शासन कस्तो छ ? पत्रकारहरुलाई पश्नको जवाफ दिँदै भने – हात्ती ठूलो कि माउते ठूलो ? राजाको उत्तरात्मक प्रशन सुनेर भारतीय पत्रकारहरु नावजाफ भएका थिए । भारतले नेपाललाई सानो देश भनी हेप्दै आएको इतिहास छ । राजालाई यसरी हेप्ने भारतीय प्रधानमन्त्रीले, वर्तमान दलीय प्रणालीका नेताहरुलाई हेप्दै आएको इतिहास छ । नेपाली नेताहरु हेपिएका छन् ।
अहिले नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था भएको गणतन्त्रात्मक शासन प्रणाली छ । तीन तहका स्थानीय, प्रदेश र संघीय सरकारका संरचनाहरु छन् । यसको ५ वर्षे कार्यकाल बित्यो । अब २०७९ मंसिर ४ गते संघीय र प्रदेश सरकारको संरचना बन्नेछ । स्थानीय तहको सरकार बन्यो । नयाँ अनुहार र पुरानै अनुहारका जनप्रतिनिधिहरु आएका छन् । ५ वर्षे कार्यकाल बिताएका जनप्रतिनिधिहरुबाट व्यापक रुपमा आर्थिक दुरुपयोग भएको अख्तियार आयोगको प्रतिवेदनले देखाएको छ । त्यस्तै ट्रान्सपरेन्सीको रिपोर्टमा पनि उल्लेख छ ।
राजनीतिक खिचातानीमा दलहरुले समय बिताए । देशमा विकासभन्दा विनाश धेरै भयो । बाढी, पहिरो र दुर्घटनाहरु धेरै भए । तलव मासिक रुपमा खाने जनप्रतिनिधिहरु बढेपछि राज्यकोष पनि रित्तियो । नागरिकमा करको भार अत्यधिक मात्रामा बढ्यो । यसले नागरिक पीडित बने । आर्थिक संकट घर–घरमा आयो । कोभिड–१९ ले पनि नागरिक थला परे । कतिपयले मृत्यु वरण गरे । गणतन्त्र शासन पद्धतिको कार्यशेली देखेर नेताहरु मोटाउने जनता दुब्लाउँदै जाने र देश संकटमा फस्ने वातावरण भयो । निर्वाचनपछि समस्या चर्कँदै छ ।
नेपाली राजनीतिमा अमेरिका, भारत र चीनको चलखेलमा दलका नेताहरु रमाइरहेका छन् । स्थानीय तहको निर्वाच्न हुँदाका बखत स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढाएको देखियो । जनता पीडित छन् । दलका नेताहरुले भन्छन् – पैसाको आडमा चुनाव जितिन्छ । पद पाएपछि पैसा उठाइन्छ । मतदाताहरुले मतदान गर्दा सम्झनै पर्ने हुन्छ – हाम्रो मान्छे होइन राम्रो मान्छे छानौँ ।
यदि पुराना थाङ्ने नेताहरुलाई मतदान गरेर विजय गराउनु जनताले नेताबाट मासु–भातमा मत बेचेको ठहरिन्छ । जनमानसमा चेतना भएन भने दलका नेताहरुले नेपाललाई पैसाको लोभमा जस्तोसुकै खाले निर्णय गर्नेछन् । लोभी, पापी र लाल्चीपन दलका नेताहरुमा धेरै बढेको छ । नेपाल राजनीतिक संकटमा फसिसकेको अवस्था छ । आर्थिक संकट बढेको छ । राजनीतिक संकटले नागरिक पीडित छन् ।