Goraksha

National Daily

लाख रुपिँया भन्दा बढी घरभाडा छुटको घोषणा

तुलसीपुर चैत २४ । कोरोना भाइरसले विश्वभर महामारी छाएर आक्रान्त गराइरहेको बेला दाङ तुलसीपुरका एक समाजसेवीले ब्यबसाहिलार्इ घर भाडामा छुट दिने घोषणा गरेका छन् । लकडाउनको अबधीमा व्यापार नभएका कारण आफ्नो घरमा बसेर व्यापार गर्नेहरुको भाडा मिनाह गरेको उनले जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडानम्बर ६ बरुवागाउ मोतिनगर टोल निवासी समाजसेवी रेशम लामिछाने र उहाकी धर्मपत्नी गिता लामिछानेले ब्यबसायिहरुलार्इ घरको सटर भाडामा एक लाख बढी छुट दिएका हुन् । लामिछाने परिवारले तुलसीपुरको घोराही रोडका सम्पूर्ण सटर तथा गुम्राह चौक स्थित घरका सम्पूर्ण सटरहरुको एक महिनाको भाडा रु एक लाख पाँच हजार नलिने प्रतिबद्धता गरेको छ ।