४९ घर धुरीलाई राहात सामाग्री वितरण
तुलसीपुर, चैत्र २४ । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनका कारण साँझ विहानको हातमुख जोर्ने समस्या भएका तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा कार्यालय लहलौरा दाङले तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त राहात सामाग्री २२ र २३ गते गरी ४९ घर धुरीलाई वितरण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया शर्मा आचार्यबाट उक्त राहात सामाग्री वितरण शुरु गरिएको उक्त राहात वितरणमा प्रत्येक घरधुरीलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुुन र २ ओटा साबुन वितरण गरिएको वडा कार्यालयका सूचना तथा सञ्चार उप समितिका सदस्य शालिकराम मुसाफिरले जानकारी दिए । २१ ओटा टोल विकास समिति रहेको उक्त वडामा अब ७ घरधुरीलाई राहात वितरण गर्न बाँकी रहेको छ । उक्त राहत चाडै वितरण गरिने वडा कार्यालयले जानकारी दिएको छ ।
उक्त राहत वितरण कार्यक्रममा हेमन्तापुर प्रहरी चौकी र अस्थायी प्रहरी चौकी ग्वारखोलाले आवश्यक सुरक्षाको व्यवस्थापन गरेका थिए ।
यसैबीच वडा कार्यालयले २१ ओटा टोल मध्येका छ ओटा टोलमा २ हजार ५ सय सुरक्षित माक्स टोल विकास संस्था मार्फत् वितरण गरिएको सूचना तथा सञ्चार उप समितिका सदस्य शालिकराम मुसाफिरले जानकारी दिएका छन् । जस मध्ये लालपुर टोल विकास समितिमा ३ सय, लालीगुँरास टोल विकास संस्थामा ६ सय ६ नमुना टोल विकास संस्थामा ३ सय ५०, शान्ति टोल विकास संस्थामा ३ सय ७८, रतगैं टोल विकास संस्थामा ४ सय ६० र बुलबुले टोल विकास संस्थामा ३ सय ५४ र बाँकी वडा कार्यालयमा आएका स्थानीय समुदायलाई वितरण गरि।एको थियो । बाँकी रहेका विकास संस्थामा केही दिनमै माक्स वितरण गरिने वडा अध्यक्ष भुप बहादुर के.सी.ले जानकारी दिएका छन् ।
