उवासंघद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पीपीइ, पत्रकार महासंघलाई मास्क
अमरराज आचार्य
दाङ, चैत २४ । दाङ जिल्ला उद्योग वाणिज्य संघलेले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ ५० थान पीपीइ हस्तान्तरण गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोवल उच्च वनाउनका लागि पीपीइ प्रदान गरिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य भवानी राणाले प्रदान गरेको १२ वोरा चामल, ३ वोरा चना, ३ पेटी अण्डा तथा सिनेट सदस्य तथा पुर्व आइ जि पी नवराज ढकालले प्रदान गरेको १ हजार पिस मास्क प्रदान गरिएको संघका महासचिव नरेश कार्कीले जानकारी दिएका छन् ।
सामाग्री वुझदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.संगिता भण्डारीले सवैको सहयोगले नै अगाडि वढने बताइन् । उनले सामाग्रीको समन्वय गरि दिएकोमा उद्योग वाणिज्य संघलाई धन्यावद समेत दिएकी थिइन् । सवै मिलेर सामग्री जुटाउन लाग्नु पर्ने उनको भनाइ रहेको थियो ।
पत्रकार महासंघ दाङलाइ १ सय पिस मास्क
यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघलाई १ सय पिस मेडिकल मास्क प्रदान गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालले नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलाई प्रदान गरेको संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिएका छन् ।
डेरीभरी सेवाको अनुगमन जारी
संघले लकडाउनको अवसरमा सुरु गरेको होम डेलिभरी सेवाको वारेमा अनुगमन जारी राखेको छ । अनुगमनमा संघले तोकेको मुल्य भन्दा वढी मुल्य लिएको नलिएको, सामान खरिद गर्दा दुरी कायम गरे नगरेको वारेमा अनुगमनमा हेरीएको संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । अनुगमनमा कतियले वढी मुल्यमा विक्री गरेको पाए पछि उनीहरुलाइ कारवाही समेत गरिएको उनले बताए । अनुगमनमा संघका सदस्यहरु रामप्रसाद पोख्रेल, महेन्द्र वुढाथोकी लगाएतको टोली गाऊगाऊ सम्म पुगेर अनुगमन गरि रहेको छ ।
