Goraksha

National Daily

बबईमा बिपन्न, असहायलाई केही दिनमै राहतको तयारी

देवी भण्डारी

हापुरे, २४ चैत्र । दाङको बबई गाउँपालिकाले केही दिनमा राहत बितरण गर्ने जनाएको छ । लकडाउनका कारण छाक टार्नै मुस्किल भएका परिवारका लागि राहत बितरणका लागि गरिब, बिपन्न परिवारको तथ्यांक संकलन गर्ने कार्य जारी रहेको भन्दै गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल जानकारी दिए ।

दैनिक ज्यालादारी तथा बिपन्न परिवारका लागि राहतका उपलब्ध गराउन संघीय सरकारले स्थानीय सरकारलाई निर्देशन दिएको छ । गाउँपालिका मार्फत् वडा कार्यालयले बस्तीस्तरमा पुगेर राहत बितरण गर्ने तयारी रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पालिकामा रहेका बिपन्न परिवारले खाद्यान्नको संकट परेको बताइरहेको समयमा पालिकाले योजना बनाई रहेको हो । गाउँपालिकाले बिपद् ब्यबस्थापनका लागि ५४ लाख ५० हजारको बिपद् कोष निर्माण गरेको छ ।

बन महासंघले भन्यो,-‘कोरोनाबाट बचौं’

यसैबीच स्थानीय सामुदायिक बन उपभोक्ता महासंघ बबईले कोरोना भाइरसबाट बच्न सबैलाई सचेत रहन आग्रह गरेको छ । महासंघका तर्फबाट आज बिज्ञप्ती प्रकाशित गर्दै सबै उपभोक्तालाई सचेत रहन आग्रह गरेको हो । महासंघका अध्यक्ष मोहनलाल थापा, उपाध्यक्ष चुडामणी कडेल, सचिब युवा ओली र कोषाध्यक्ष खुमा ओलीले बिज्ञप्ती प्रकाशित गरेर कोरोनाबाट बच्नका लागि सबैलाई सचेतना र स्वास्थ्य र सरसफाईमा ध्यान दिन आग्रह गरेका हुन् बिश्वलाई नै त्रसित बनाएको उक्त रोगबाट बच्नका लागि सबैलाई ब्यक्तिगत, छरछिमेकको सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ । जथाभाबी यात्रा नगर्न र सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण पालना गर्न आग्रह गरिएको छ । साथै स्थानीय, प्रदेश र संघीय सरकारलाई राहतका कार्यक्रम ल्याउन समेत आग्रह गरिएको छ