Goraksha

National Daily

बंगलाचुली गाउँपलिकाका जनप्रतिनिधि,स्वास्थ्यकर्मी जनस्वास्थ्य बुझ्न जनताको घर–घरमा

जीवन नेपाली

कमिरेचौर,२४ चैत्र । कोरोना भाईरसले विश्व आतंकीत पारीरहेको वेला बंगलाचुली गाउँपालिकाले जनताको स्वास्थ्य अवस्था बुझ्ने कामको थालनी गरेको छ । गाउँपालिका अध्यक्ष ,वडा अध्यक्ष र स्वास्थ्यकर्मी सहीतको टोली गाउँपालिकाबासीको टोल,वस्तीमा पुगेर उनिहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने कामको सुरुवात गरेको हो ।

बंगलाचुली गाउँपालिकामा भारतबाट आएका स्थानियको संख्य धेरै रहेको र उनिहरुको स्वास्थ्य अवस्था कस्तोछ भन्ने कुराको जानकारी राख्नका लागि यस्तो कामको सुरुवात गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो ।गाउँपालिकाले शोमबार वडा नं.७ र ८ को विभिन्न वस्तिमा पुगेर त्यहाँका जनताको स्वास्थ्य अवस्थाको जानकारी लिएको हो । सो अवसरमा गाउँमा जनताको स्वास्थ्य अवस्था सामान्यनै रहेको पाईएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो ।

अध्यक्ष वलीले भन्नु भयो,”वडा नं. ७ र ८ को विभिन्न विस्ती टोलहरुमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको जानकारी लिने काम भयो । खुसीको कुरा अहिले सम्मम कही कतै कसैलाई पनि स्वास्थ्यमा समस्या नरहेको पाईयो ।”