Goraksha

National Daily

नवौ राष्ट्रिय परिवार योजना दिवस मनाइयो

1 min read

गोरक्ष समाचारदाता
दाङ, ३ असोज । नवौँ राष्ट्रिय परिवार योजना दिवसका अवसरमा घोराहीका कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार विषयमा परिवार नियोजनको क्षेत्रमा भएका कामको बारेमा समीक्षा गर्दै अन्तत्र्रिmया गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम नेपाल परिवार नियोजन संघ दाङ शाखा सचिव माया पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा नगरप्रमुख चौधरीले स्वस्थ नागरिक भएमात्रै सबै कुरा स्वस्थ हुने भएकोले नागरिकको स्वास्थ्यमा स्थानीय सरकार गम्भीर रहेको बताए ।

स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकाले सबैको साथ सहयोग र सहकार्यबाट स्वस्थ नागरिक उत्पादन गर्न सकिने उनको भनाइ रहको थियो । स्वस्थ नागरिक भएमा मात्र समृद्धि हासिल गर्न सकिने उनले बताए । कार्यक्रममा परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले प्रदेशभरको परिवार नियोजनमा नागरिकको पहुँचलगायत विषयमा कार्यपत्र प्रस्तुुत गरेका थिए । कार्यपत्रमा स्थानीय तहहरुले परिवार नियोजनका क्षेत्रमा प्रभावकारी कार्य गर्न नसकेको बताए । परिवार नियोजनको पहुँच पु¥याउन अझै पनि पालिकाहरुले धेरै काम गर्न बाँकी रहेको उनको भनाइ रहेको थियो ।

पछाडि पारिएको सीमान्तकृत समुदायलाई परिवार नियोजनको पहुँचमा आउनबाट छुटेको उनले बताए । परिवार नियोजनसम्बन्धी पाँचवटा आधारभूत सेवा पाउन पनि नागरिकले धेरै संघर्ष गर्नुपरेको खनालले बताए । सो अवसरमा बोल्ने अन्य वक्ताहरुले परिवार नियोजन सेवा अहिले पनि धेरै नागरिकको पहुँच बाहिर रहेकाले पहुँचमा आधारित सेवामा ध्यान दिन अपिल गरेका थिए ।

व्यवस्थित परिवार निर्माणका लागि ग्रामीण स्तरसम्म सचेत गराउनुपर्ने बताएका थिए । परिवार नियोजनको पहुँचसम्म पुग्नका लागि शिक्षा समुदायबाटै बेवास्ता गर्ने गरेको उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, स्वास्थ्यका लागि सक्षम प्रणालीकी अर्चना अर्याल, सीसा संस्थाका अध्यक्ष साजिदा सिद्धिकीलगायतले भनाइ राखेका थिए । स्वास्थ्य कार्यालय दाङका परिवार नियोजन अधिकृत खिमेन्द्र शाक्यको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका ठाकुर खनालले गरेका थिए ।