बाल दिवसमा लक्ष्मीनारायण आधारभूतमा विभिन्न कार्यक्रम

दंगीशरण,२९ भदौ । दंगीशरण गाउँपालिका-५ सलौरामा रहेको श्री लक्ष्मीनारायण आधारभूत विद्यालयले एक कार्यक्रमको आयोजना गरेर ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । `बालमैत्री समाजकोे आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार´भन्ने मुल नाराका साथ विद्यालयले बुधबार राष्ट्रिय बाल दिवस मनाएको हो ।

बाल दिवसका अवसरमा विद्यालयले कविता लेखन तथा कुर्सी दौड प्रतियोगिताको आयोजना गरेएको थियो । कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागी भएको कविता प्रतियोगितामा पोषण देवकोटा प्रथम,बर्षा भण्डारी र बसन्त भण्डारी र रेखा देवकोटा  द्वितीय र अजय केसी तृतीय भएको विद्यालयकी शिक्षिका जानकी घर्तीमगरले जानकारी दिएकी छिन् । विजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

त्यसैगरी कुर्सी कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी भएको प्रतियोगितामा रितु देवकोटा प्रथम, बिनिता देवकोटा द्वितीय र सुस्मिता बिक तृतीय भएका थिए । यसैगरी कक्षा ४ र ५ कक्षाका विद्यार्थी सहभागी भएको कुर्सी दौड प्रतियोगितामा बिनय बिक प्रथम,कल्पना वली द्वितीय र आशिष बिक तृतीय भएका थिए ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराज आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । शिक्षिका स्मृती चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक मनोज देवकोटाले गरेका थिए ।           कार्यक्रम पुर्व सचेतनामुलक र्याली समेत निकालिएको थियोे ।उक्त र्याली गाउँ परिक्रमा गरेर पुनः विद्यालयमा पुगेको थियोे ।