लकडाउन थपियो, ‘बैशाख ३ सम्म घरभित्रै’
दाङ, चैत्र २४ । दोस्रो पटक लकडाउनका लागि बढाइएको समय सकिन एक दिन बाँकी रहँदा सरकारले फेरि लकडाउनको समय ढाएको छ । आज सोमबारको सरकारको निर्णय अनुसार यो अबधी बैशाख ३ गतेसम्म कायम रहने छ । सरकारले यो अबधीभर अझ कडाइका साथ नागरिकहरुलाई घरभित्रै बस्न आग्रह पनि गरेको छ ।
चैत ११ गतेदेखि लकडाउन शुरु भएको भएता पनि लकडाउनकै अबधीमा संक्रमीको संख्या बढेर ९ पुगेको र ‘लोकल ट्रान्समिसन’को चरणमा संक्रमण पुगेपछि सरकारले लकडाउनको अबधी लम्व्याउने निर्णय गरेको हो । लकडाउनको अबधी लम्बाएसंगै सरकारलाई नागरिकका लागि अत्याबश्यक सामग्रीको उपलब्धताका लागि आबश्यक व्यबस्थापन गर्ने दायित्व बढेको छ ।
