लमही-६ मा राहत वितरण
शिवराज खनाल
लमही, चैत्र २४ । लमही नगरपालिका वडा नम्बर ६ ले अति बिपन्न परिवारहरुको पहिचान गरि राहत बितरण गरेको छ ।
बिपत ब्यबस्थापन कोष अन्तरगत वडातहको बजेटबाट लमही नगरपालिका वडा नम्बर ६ अन्तरगतका अति बिपन्न २ सय १४ घरधुरीलार्इ २२५ बोरा अर्थात ५६ क्विन्टल २५ केजि चामल, ४३० केजि दाल, २५० केजि नुन र २२० लिटर तेल राहत बितरण गरिएको वडा नम्बर ६ का अध्यक्ष गणेशमान चौधरीले बताए ।
उक्त राहत बितरणमा वडाध्यक्ष गणेशमान चौधरी, वडा सदस्य , वडाका कर्मचारी, देउखुरी उद्योग बाणिज्य संघका प्रकाश जिसि, युबा नेता प्रेम पुलामी, टोल बिकाश सँस्थाका अध्यक्षलगायत टोलि वडा अन्तरगतका टोल टोलमा पुगेर राहत बितरण गरेका हुन् ।
