मेरो खुसी : सीताले नयाँ दृष्टि पाउँदा…

साल मलाई याद छ तर मिति भने एकिन भएन । वि.सं. २७४ सालको कुरा हो । एकजना तुलसीपुर–५ की सीता परियारका दुईवटै आँखा मोतियाबिन्दुका कारण नदेख्ने भएर अन्धकारमा रहेछिन् । आँखा छ त संसार छ ।

एक मिनेट आँखा चिम्लँदा कस्तो हुन्छ जो कोहीले पनि सहजै अनुमान गर्न सकिन्छ । उनी राप्ती आँखा अस्पतालमा उपचारका लागि आएको र पैसाको अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने गर्न नसकेको भन्ने मलाई खवर प्राप्त भयो । तुलसीपुर–४ निवासी ध्रुव गौतमले त्यो खवर सुन्नावित्तिकै आफूले तत्काल अस्पतालमा पुगेर कति उपचार खर्च लाग्छ भनेर सोधेको सम्झिए ।

‘मलाई अस्पतालबाट विष्णुले फोन गर्नुभएको थियो यस्तो मान्छे छ, हजुरले सहयोग गर्नुप¥यो भनेर’, गौतमले भने । उनले सो कुरालाई सहर्ष स्वीकार गरी त्यसपछि सीताको दुवै आँखाको शल्यक्रियाका लागि आफूले सहयोग गरेको सम्झिए । ‘हाम्रो सानो सहयोगले कसैको बन्द भएको दृष्टिलाई आँखाको शल्यक्रियापछि संसार देख्ने हुन्छ भने मैले सहयोग किन नगर्ने भनेर मैले गरेँ’, उनले भने ।

सीताको दुवै आँखाको शल्यक्रिया फेको कम्प्युटर प्रविधिबाट आर्थिक सहयोग गरिदिएको गौतमले बताए । उनले त्यसपछि अर्को दिन सीताले नयाँ दृष्टि पाएको देख्दा निकै खुसी भएको सम्झिए । ‘म त्यस दिन निकै खुसी भएको थिए, जीवनमा जुन दिन सीता परियारले नयाँ दृष्टि पाउनु भएको थियो’, गौतमले भने– ‘जीवनको पहिलो खुसी सीताले आँखाको नयाँ दृष्टि पाउँदा हो, त्यही लेखिदिनुहोला ।’

चाहे त्यो मन्दिर निर्माण होस् वा कसैलाई सहयोग गर्ने तथा सामाजिक कार्यमा तल्लीन ध्रुवले सहयोग नगरेको र ठाउँ नै छैन् । मिजासिला सबैका सहयोगी तथा विभिन्न संघसंस्थामा आवद्ध गौतमले करिब ३४ बर्ष वन विभागमा जागिर गर्दा पनि आफूले धेरैलाई सहयोग गरेको सम्झिए ।

त्यस्तै उनले अर्को खुसी तुलसीपुर–४ को गोटीखोलास्थित गयाघाटमा शवदाह गृह गराउँदा अर्को खुसी लागेको सम्झिए । ‘जति हुने खाने धनी ठूलो मान्छे भए पनि एक दिन जाने त्यही घाटमा हो तर त्यही घाट व्यवस्थित थिएन्, हाल भएको छ त्यसको नेतृत्व गर्न पाउँदा निकै खुसी लागेको छ’, उनले भने । गौतमले आफ्नो जीवनको दोस्रो खुसी शवदाह गृह निर्माण र मलामे प्रतिक्षालय निर्माण भएको सुनाए ।

‘मैले व्यक्तिगत लगानीमा मलामी प्रतिक्षालय निर्माण गरेको छु त्यसका साथै सबैको साथ र सहयोगबाट शवदाह गृह पनि निर्माण भएको छ’, गौतमले भने । उनले पानी पर्दा तथा घाट व्यवस्थित नहुँदा मानिसको मृत्यु भएपछि कहाँ जलाउने र पानी परेपछि चिल्ली–बिल्ली हुने गरेको भन्दै हाल त्यसको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे । गयाघाट शवदाह व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गौतमले त्यहाँ पुग्ने जो–कोहीले पनि राम्रो काम भएछ भनेको सुन्दा आफूलाई आनन्द लाग्ने गरेको सुनाए ।

कर्मचारीबाट सेवा निवृत्त भएका गौतमले आफ्नो अहिलेको दैनिकी पुरै समाज सेवामा बित्ने गरेको सुनाए । निवृत्त कर्मचारीको उपाध्यक्ष, जेष्ठ नागरिकलगायत लायन्स क्लव अफ स्वर्गद्वारीको पूर्व अध्यक्ष हुँदै लायन्स क्लव ३२५ एनको एरिया चिफसमेत रहेका गौतमले आफूलाई लायन्समा लागेर यसरी सामाजिक सेवामा लाग्न आफू प्रेरित भएको बताए ।

म पहिले कर्मचारी भएर काम गरे त्यस बेला पनि मैले कसैलाई एउटा पनि वन विभागमा मुद्दा हालिन र परेन कसैलाई कारबाही गर्ने र अनाहकमा दुःख दिएन गौतम भन्छन् । उनले आफू कर्मचारी हुँदा पनि जनताको काम छिटो–छरितो र मुस्कानसहितको सेवा दिनुपर्छ भनेर काम गरेको र एउटा पनि खोट नलागेर सेवा निवृत्त हुँदा अर्को खुसी प्राप्त भएको सुनाए ।

गौतमले सन २००८ मा लाइन शमशेर थापाको प्रेरणाले आफू लायन्समा लागेको र लायन्सबाट प्रभावित भएर दुःखी गरिब असहायलाई सेवामा तल्लिन हुन आफू प्रेरित भएको भन्दै खुसी व्यक्त गरे । ‘म अरुलाई सहयोग गर्दा खुसी हुन्छु त्यसको साथै सामाजिक कार्य गर्न पाउँदा झनै खुसी हुने गरेको उनले बताए ।

भवनेश्वरी भगवती मन्दिर, गणेश शिव, कृष्णमन्दिरको अध्यक्षसमेत रहेका गौतमले विभिन्न मठमन्दिरमा विभिन्न सहयोगहरु गरेको भन्दै धर्मकर्ममा समेत सेवा गर्न पाउँदा खुसी लाग्ने गरेको बताउँछन् । उनले आफ्नो आमा बुवाको आशीर्वाद र दाइभाइहरुको घर–सल्लाह जहिले पनि सेवा गर्ने गरेको भन्दै सामाजिक सेवामै सन्तुष्टि मिल्ने बताउँछन् । त्यस्तै उनले अनगिन्ती व्यक्ति र ठाउँमा सहयोग गरेको भन्दै आफूले गरेका कार्यहरुबाट अरु खुसी हुँदा तथा सम्झदा खुसी लाग्ने गरेको सुनाए ।

साहारा बचत संस्थाका अध्यक्षसमेत रहेका गौतमले आफ्नो घरपरिवारमा पनि छोराछोरीहरुले राम्रो प्रगति गरेको भन्दै पारिवारिक सन्तुष्टि पनि मिलेको बताए । उनले आफूले समाजसेवा गर्दा श्रीमती, घरपरिवारले पनि सहयोग र साथ दिने गरेको सम्झिए । ‘सबै साथीभाइले मलाई माया गर्नुहुन्छ, विश्वासले विभिन्न कामको जिम्मेवारी दिनुहुन्छ म त्यसमा खुसी छु’, उनले भने ।

त्यस्तै गौतमले जेष्ठ नागरिक असहाय विपन्नलाई विभिन्न समयमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘म कुनै विशेष दिनमा असहाय विपन्नलाई सहयोग गर्दा खुसी हुन्छु । म फजुल खर्च भन्दा उनीहरुलाई सहयोग गर्न पाउँदा खुसी हुन्छु’, गौतमले भने ।

प्रस्तुती : बालाराम खड्का