देउखुरीको देउपुरमा एक महिला मृत फेला
शिवराज खनाल
लमही, चैत २४ । दाङ्ग देउखुरीको लमही नगरपालिका अन्तर्गत वडा नम्बर ६ देउपुरमा एक महिलाको मृत अबस्थामा शब फेला परेको छ। । अन्दाजी ४०र४५ बर्षकि गहुँगोरो भएकि महिलाको शब फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
सुतिरहेकै अबस्थामा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । पोष्टमार्टम्का लागि शबलाई लमही अस्पतालमा राखिएको छ । महिलाको पहिचान भने हुन नसकेको वडा प्रहरी कार्यलय लमहिले बताएको छ ।
