‘बचतसँगै उत्पादनलाई प्राथमिकता’

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २६ भदौ । सहकारी संस्थामा बचतसँगै बचत रकमलाई उत्पादनशील ठाउँमा परिचालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

अनुत्पादक क्षेत्रमा बचत रकम लगाउँदा डुब्ने खतरा रहेको भन्दै उनीहरूले सहकारीमा बचत भएको रकमलाई उत्पादनशील क्षेत्रमा लगाएर बचतकर्ताको आर्थिक जीवनस्तर माथि उठाउन सहकारी संस्थाले सहयोगीको भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरूले केही व्यक्तिको बदमासीका कारण सहकारी संस्थाप्रति नकारात्मक धारणा बन्ने गरेको भन्दै यसलाई हटाउनका लागि सबैले ध्यान दिँदै सहकारी संस्थालाई मूल्य र मान्यताअनुसार चलाउनुपर्नेमा जोड दिएका थिए ।

घोराही उपमहानगरपालिका–१५ सरस्वती टोलमा रहेको धनपति बचत तथा ऋण सहकारी संस्थाको १२औँ वार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले सहकारीलाई अािर्थक रूपमा समक्ष बनाउनका लागि सदस्यको वृद्धिसँगै सहकारीको पुँजीलाई लगानी गर्न जोड दिएका हुन् । २०६७ सालमा स्थापना भएको सहकारी संस्थाको ५३ लाख ६७ हजार ५ सय शेयर पुँजी रहेको छ ।

संस्थाले यही अवधिमा ३ करोड ५८ लाख ७४ हजार बचत निक्षेप गरेको सहकारीले ४ करोड ६४ लाख २३ हजार ७ सय २५ ऋण लगानी गरेको छ । असार ससान्तसम्ममा ३ करोड ३५ लाख ४७ हजार १ सय ४० रूपैयाँ ऋण अशुली गर्न सफल भएको छ । सहकारी संस्थामा सय ७९ जना शेयर सदस्य संख्या रहेको छ । गत आर्थिक वर्षको असारमसान्तसम्म कूल ३४ करोड ७६ लाख ५६ हजार १ सय ३४ रूपैयाँ बराबरको कारोबार गरेकोमा सहकारीले १५ लाख २१ हजार ५ सय ५५ रूपैयाँ मुनाफा कमाउन सफल भएको कोषाध्यक्ष खगेश्वर पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका उपप्रमुख डिसीले सहकारीको सात सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्न र आर्थिक सवलीकरणमा विशेष ध्यान दिन आग्रह गरेकी थिइन् । सहकारी संस्था आर्थिक बचत गर्ने र मुनाफा कमाउने मात्रै नभइ सामाजिक उत्तरदायित्व भएका संस्था चल्नुपर्नेमा जोड दिएकी थिइन् । साथै उनले अहिलेको बचत पछि काम लाग्ने भएकाले सहकारीका माध्यमबाट आर्थिक विकाससँगै बचतको कार्यमा लाग्न जोड दिएकी थिइन् ।

सहकारी संस्थाका अध्यक्ष पिताम्बर पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रबद्र्धन शाखा प्रमुख होमलाल भुसाल, राष्ट्रिय सहकारी बैंक लुम्बिनीका प्रमुख एवम् प्रशिक्षक नारायण बेल्बासेले आधारभूत सहकारी शिक्षा र बित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिएका थिए । साधारणसभामा सहकारी संस्थाका अध्यक्ष पिताम्बर पौडेलले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष खगेश्वर पौडेलले आर्थिक तथा लेखा समिति संयोजक पोषणराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको छ । साधारणसभामा धनपति वर्ष व्यत्तित्वबाट नारायण बेल्वासे, असल ऋणी निर्मला केसी, उत्कृष्ट व्यवसायी नारायण पाण्डेय, उत्कृष्ठ मुद्दती निक्षेप बचतकर्ता सूर्यभक्त गुरागाई, अनुसाशित ऋणी लक्ष्मणसिंह थापा, उत्कृष्ट नारी बचतकर्ता हुकुमा गोराथोकी, उत्कृष्ट मासिक बचतकर्ता गोपाल श्रेष्ठ, अधिक बाल बचतकर्ता परिक्षति बिसी, ज्येष्ठ सदस्य दामोदर शर्मा, डोमलाल पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सदस्य मधुसूदन भट्टराईले गरेका थिए ।