कालिका सामुदायिक वनको २७औँ साधारणसभा

गोरक्ष समाचारदाता
दाङ, २६ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी, फुर्सेखाली स्र्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको २७औँ साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष यसोदा पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्यालयको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले वनलाई संरक्षणसँगै आय आर्जनसँग जोडेर लैजानुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाडाध्यक्ष अर्यालले सामुदायिक वनले उपभोक्ताहरूको मन जितेर काम गर्नुपर्ने बताए । उपझोताका मन जित्न सकेमा सामाजिक काम गर्न समेत सहज हुने उनको भनाइ थियो ।

सामाजिक संघसंस्थाहरूलाई मर्यादित तथा व्यवस्थित बनाएर लैजानुपर्ने बताए । यसले सामाजिक संस्थाहरूको विकासमा सहयोग पुग्ने वडाअध्यक्ष अर्यालले बताए । उनीहरूले सामुदायिक वनले शिक्षा तथा विकास निर्माणका महत्वपूर्ण योग्दान दिएको भन्दै यसलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा अम्विकेश्वरी सव डिभिजन कार्यालयका सहायक वन अधिकृत प्रदीपकुमार चौधरी, घोराही उपमहानगरपालिका वडा नं १८ का निवर्तमान वडा सदस्य कृष्ण घर्ती, वन समूहका पूर्व अध्यक्ष मानबहादुर बुढा, एकता महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेवा अधिकारी, जलजला सामुदायिक वनका समीक्षा बुढा, समूहका सल्लाहर केशरबहादुर रावत, आधारभूत विद्यालय गिठेपानीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वली, गिठेपानी फुर्सेखालीमा रहेका १२ टोल विकास संस्थाका अध्यक्ष मात्रिकाप्रसाद पाण्डे, रेखा पाण्डेलगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव केशरबहादुर पुन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जेबी सुनारले प्रस्तुत गरेका थिए । समूहका उपाध्यक्ष हिमकला केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशरबहादुर पुनले गरेका थिए ।