गोरक्ष समाचारदाता
दाङ, २६ भदौ । लेखक संघ दाङले एक कार्यक्रमको आयोजना गरी कवि डा.हिमलाल पन्थीद्वारा लिखित ‘आमा’ नामक कविता सङ्ग्रहको विमोचन गरेको छ ।
कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर मजगैयाँको प्रमुख आतिथ्यतामा भएको थियो । समीक्षा साहित्यकार डा.कृष्णराज डिसीले गरेका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, लेखक संघ दाङका सल्लाहकारहरू उत्तमकृष्ण मजगैयाँ, शंकर पौडेल, प्राडा शिवकुमार सुवेदीको, साहित्यकारहरू मकुश पन्थी, पूर्व प्राचार्य माधव न्यौपाने, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, प्रलेस नेपालका सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’, साहित्यकार गणेश विषम, बालकवयित्री विणा दाहाल, कृतिकार डा.हिमलाल पन्थीलगायतले भनाइ राखेका थिए ।
लेखक संघ दाङका सदस्य हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।