गोरक्ष समाचारदाता
दाङ, २६ भदौ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले दसैँ–तिहार र छठ पर्व लक्षित मिनी–मेला कार्यक्रम गर्ने भएको छ ।
शनिवार बसेको बैठकले चाडवाड लक्षित कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । स्थानीय व्यापार व्यवसायलाई प्रबद्र्धन गर्नका लागि यो मिनी–मेला कार्यक्रम गर्न लागेको अध्यक्ष खनालको भनाइ छ ।
मिनी–मेलामा सांस्कृतिक कार्यक्रम, मिक्की माउस, मोटु–पात्लु, लमही बजारका मुख्य चोकमा आकर्षक गेट सजिसजावट गरिने, बम्पर उपहारमा १५० सिसीको मोटरसाइकल, एलइडी ३२ इञ्चको स्मार्ट टेलिभिजन, फ्रिज, सुनका चन्द्रमालगायत अन्य विभिन्न आकर्षक उपहार राखिने भएको छ ।
संघका अध्यक्ष खगेश्वर खनालको संयोजकत्वमा १७ सदस्यीय रहेको मिनी–मेला मूलसमिति गठन गरिएको छ ।