ब्राह्मणभित्रको राष्ट्रिय अखण्डता

  •   
  •  

भूपेन्द्र सुवेदी

जन्मना जायते शुद्रःसस्कारात् द्धिज उच्चते ।
बेदपाठात् भवेद् विप्रो ब्रहम जानाती ब्रहामण् ।।

कुनै पनि मान्छे मान्छेको कोखबाट जन्मनेबित्तीकै मानब धर्म वत्ता अनि मानवचित ज्ञान प्रप्त ज्ञानी हुन सक्तैन । जन्मकालको शैशवावस्थाको अज्ञातालाई संस्काररुपी कर्मद्वारा परिस्कृत गराउन सकिएको खण्डमा मात्र द्विजत्व प्राप्त हुने हो । मानब धर्मका मार्गदर्शक ज्ञानमय ग्रन्थका अध्यान चिन्तन र मनन् गर्ने सामथ्र्यको विकास नगरी कुनै पनि मानब जातिले ज्ञानी वा विप्रको स्थान वा उपाधि ग्रहण गर्न पाउने होइन ।

ब्राह्मण के हो ? ब्रहमाण्ड के हो ? यसका रहस्यी अदृश्य अनि अद्भूत परिणाम दिइरहेका प्रकृति र जीवनचक्रको रहस्यलाई नजिकैबाट नियाल्दै ईश्वर तत्वको अस्वि खुट्याउने कोशिष गर्नु भनेको त ज्यादै नै कठिन कर्म हो भन्नेमा त कसैको पनि दुईमत नहोला । कूल धर्म र जातीय संस्कारका हिसाबले द्विजत्व अर्थात संस्कारित हुन पुग्दैमा ब्रहामणत्व ग्रहण गर्न पाइने होइन भनेर जान्दा–जान्दै पनि आफूलाई ब्राह्मण हुँ भनेर गर्व गर्ने अहंकारी स्वभावले ब्रह्मज्ञानीहरुको प्रतिनिधित्व गर्ने ब्राह्मण समाजकै नेतृत्व गरिरहँदा के म साँच्चै योग्य छु त ? म त्यस्तो ज्ञानी समुदायको अध्यक्षको पगरी कसरी थेग्न सकूँला त ?

भन्नेमा अत्यन्त सचन्ता ग्रस्त मानसिकताले ग्रसित भएर भड्किएको आफ्नै आत्मत्वलाई सन्तुष्टि प्रदान गर्नको लागि विभिन्न विद्धान् ब्यक्तित्वहरुद्वारा प्रदत्त प्रवचन, सत्संगज्ञान, स्वध्याको अनुशीलन र आत्मचिन्तनद्वारा प्रस्फुटित बिचार ब्रह्मलाई संग्रहित गर्दै म को हुँ ? मेरो आत्मा के होला ? र वास्तवमै आत्मतत्व र परमात्म तत्वमा के फरक होला ? भन्ने चिन्तनका आधारमा आत्माद्वारा नै अभिप्रेरित भई अभिब्यक्त गरिएको बिज्ञहरुको बिश्लेषणात्मक अनुभवको सिको गर्ने प्रयास गर्ने जमर्काे गरी पाठकज्युसमक्ष पस्कने प्रयासमा गर्दैछु ।

०५३।०५४ को समयमा नेपालमा बिभिन्न जातजातिको समूहको गठन गर्ने प्रक्रियामा बाध्यताले नेपालमा बसोबास गर्दैे आएका ब्राह्मण समाजहरुमाथिको बिरोध तथा झुठो मुद्दाहरु उठाई लगाइएका लाञ्छनाका बाब जुत ब्राह्मण समाजका केही राष्ट्रिय मुद्दाहरु उल्लेख गर्दै दसैभरी छरिएर रहेका ब्राह्मणहरुले अहिले सबैभन्दा बढी जातजाति र भाषाभाषी मिलेर बनेको नेपाल राष्ट्र नेपाली जाति र नेपाली संस्कृतिको सुन्दर उद्यानलाई जाति भेदकारी बनमारा बनस्पति झांगिएर सखाप पार्न लागेको छ । यो जातिवादी राष्ट्रिय बिखण्डनकारी क्यान्सरले समग्र राष्ट्र दुखिरहेको छ र राष्ट्रियता राइरहेको छ ।

नेपाली जातीय सद्भाव, राष्ट्रिय एकता, सास्कृतिक एवम् साम्प्रदायिक सहिष्णुता छिन्न–भिन्न पार्दै यहाँको प्राकृतिक स्रोत, साधनको दोहन गर्ने र नेपाललाई आफ्नो बैचारिक, बौद्धिक, धार्मिक, एवं शैक्षिक उपनिवेश बनाउने उद्देश्य लिएर लागिपरेका शक्तिकेन्द्रद्वारा सञ्चालित क्यान्सरका किटाणुहरु नेपाली राजनीतिमा राइँ–दाइँ गरिरहेका छन् । पैसासँग धर्म संस्कृति साट्ने र पदका लागि राष्ट्रियता बन्धक बनाउने प्रवृत्ति जुन हाम्रो राजनीतिक नेतृत्व तहमा देखापरेको छ । त्यो नै अहिलेको राष्ट्रिय रोग हो ।

आज सबै जात धर्म, भाषा र संस्कृतिका नेपालीहरु एक भई विगतका बिभेद बिर्सिएर, सयौँ थुंगा फूल हामी एउटै मालामा सुत्रबद्ध बनौ र देशको छाती सजायौ, देशको मुहार हसाऔ भन्न’ को सट्टा आउ सबै जाति एकआपसमा झगडा गरौँ र देशलाई अंशबण्डा गरी छिया–छिया पारौँ भन्ने दिशातिर तथाकथित राजनेता र समाजनेता लागिपरेको देखिरहेका छौँ ।

यही अभिष्ट शिद्धीका लागि सयौ बर्षदेखि मिलेर बसेका नेपालीहरु क्सैलाई आदिबासी, कसैलाई गैरआदिबासी र कसैलाई अन्य र कसैलाई मुख्या, कसैलाई विशेषाधिकार तथा अग्राधिकार र कसैलाई अधिकारबिहीन गराउन खोजिएको अबस्था सिर्जना गरिँदै आएको छ । ८–१० वटा, अल्पसंख्यक जातिलाई राज्यको मालिक र अरु बहुसंख्यक नेपालीहरुलाई राजनीतिबिहीन बनाउन खोजिएको फल आज आफैहरुले प्राप्त गर्दैछन् ।

आदिबासी र जनजातिको मनपरी ब्याख्या गरेर दुनियाँलाई बेबकुफ बनाउँछु भन्दा कतै आफै बेबकुफ त हुँदैन् ? देशमा भइरहेको यस्तै दुष्कार्यको प्रतिरोध गर्न ब्राह्मण समाज नेपालको जन्म भयो । कुनै पनि बहानामा गरिने जातीय बिभेद जातीय आधारमा गरिने राज्यको बिभाजन, जातीय आधारको आरक्षणलगायत राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्ने र अनि जातीय सद्भाव खलबलाउने कार्यको प्रतिबाद गर्दै सम्पूर्ण नेपालीहरुको समान हक–अधिकारका निमित्त आवाज बुलन्द पार्नु त्यो बेलाको ब्राह्मण समाजको मुख्य उद्देश्य थियो ।

यही उद्देश्य र अवधारणालाई अघि सार्दै समाजलाई वास्तविकताको बोध गराउने र भ्रमको पर्दा हटाउने प्रयासस्वरुप दाङ जिल्लामा समेत ब्राह्मण समाज नेपाल गठन भएको थियो र त्यसको कार्यसमितिमा काम गर्दै ब्राह्मण समाज दाङको सल्लाहकारको जिम्मेवारीमा रहेको अबस्थामा बिभिन्न जिल्लाहरुको कार्यक्रमको अनुभब र ब्राह्मणको औचित्यप्रति बुझ्ने निकै खुल्दुलीका साथ यी माथिका श्लोक, जन्मना, जायते, शुद्ध्रः सस्कारात्द्धिज उच्चते, बेदपाठात् भवद् विप्रो ब्रहम जानाती ब्राह्मण भन्नेसम्मको शब्द बुझ्न निकै गाह्रो बिषय रहेछ हामीले प्रा. विस्तरबाटै अनिबार्य सस्कृत बिषय पढ्ने अवसर पाएको हुँदा आज जानी–नजानी चाखको बिषय बनेको आफूलाई गौरब ठानेको छु ।

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक देश हो । सानो देश भएर पनि बिभिन्न जातजाति, धर्म संस्कृति, हुनु नेपालको बिशिष्ट पहिचान हो । नेपालका बिभिन्न जातजातिहरुबीच जातीय सद्भाव, भातृत्व र स्नेहका साथ बसोबास गरिरहेका छन् । आज ती मानिसहरुबीच जुन किसिमको उग्र जातिबादी सोच हाबी हुँदै आएको हुँदा यसले अन्ततोगत्वा सदियौँदेखि मिलेर बसेका हामी सबै नेपाली र हाम्रो साझा राष्ट्र नेपाल र नेपालीको भाबनाबाट ओतप्रोत भएका नेपालीलाई आपसमा फुटाएर राज्यसत्ता कब्जा गर्ने खेल मैदानको बिस्तार हुँदैछ ।

जातीय गृहयुद्धमा उन्मुख डलरको खेती गर्ने केही उग्र जातिबादी, मानिस र केही ठूला राजनीतिक दलहरुको भोटको प्रलोभनमा परेर हामी नेपाली बन्धुहरुलाई फुटाएर राज्यसत्ता कब्जा गरिँदैछ । अबको आम निर्बाचनमा प्रदेश नामाय, संघीय केन्द्रायको नाम्मा रस्साकस्सी हुँदै आएको छ । आज आ–आफ्नो अस्तित्व जोगाउनकै लागि सबैको संस्थागत बैशावली र जातीय बिभेद जस्ताको कार्यबाट सचेत रहनुपर्ने हामी सबैको कर्तब्य हो । फुटेर होइन जुटेर राष्ट्रको संरक्षण गरौँ भन्ने भावनाको लेख कतै जोडजाड गर्दै पाठकसमक्ष भेट हुने जमर्को गर्दछु ।