जसपा दाङको अध्यक्षमा यादव चयन

दाङ,१९ भदौ । जनता समाजवादी पार्टी दाङको अध्यक्षमा जगतराम यादव चयन भएका छन् ।
जनता समाजवादी पार्टी जिल्ला समन्वय समितिको शनिबार बसेको बैठकले जिल्ला उपाध्यक्ष यादवलाई अध्यक्षमा चयन गरेको हो । २१ सदस्यीय कार्यसमितिको उपाध्यक्ष मोहनसिंह ओली, गिता विष्ट र राधा चौधरी रहेका छन् । त्यसैगरी सचिवमा पुरनप्रसाद भट्टराई र कोषाध्यक्षमा धनसरा बिक रहेका छन् ।