घोराही,१५ भदौ । एक जना वालिकाले कुखुराको मासु खानेक्रममा खानाको नलिमा अड्किएको हड्डी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निकालिएको छ ।
कुखुराको मासु खाने क्रममा घोराहीकी १४ वर्षिया वालिकाको घाटीमा मासुको हड्डी अड्किएपछि ती वालिका अस्पताल भर्ना भएकी थिइन् ।
प्रतिष्ठानका फिजिसियन तथा जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेल नेतृत्वको चिकित्सक तथा नर्सहरुको टोलीले घाटीमा अड्किएको मासुको हड्डी निकालिदिएको हो । इन्डोस्कोपिको सहयोगमा खानाको नलिमा अड्किएको निकालिएको उपचारमा संलग्न चिकित्सक डा. कडेलले जानकारी दिए ।
प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइका अनुसार घाटीमा अड्किएको हड्डी निकालिएपछि वालिकाको अवस्थामा सामान्य रहेको र उपचारपछि घर फर्कीसकेको बताए । डा. कडेलले मासु राम्रोसंग नचपाएर खादा खानाको नलीमा अडकिन सक्ने भन्दै मासु चपाएर मात्र खान सल्लाह दिएका छन् । उपचार पाएपछि खुसी हुँदै घर फर्किएकी वालिकाले आफ्नो उपचार गरी दिएकोमा प्रतिष्ठानलाई धन्यवाद दिएकी छिन् । डा. कडेलले पनि प्रतिष्ठानलाई विश्वास गरेर यहाँ आई सेवा लिएकोमा वालिकालाई धन्यवाद दिएका छन् ।