दाङ,१५ भदौ । मानसिक रोगको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तारीत सेवा सुरु भएको छ । मानसिक रोग विशेषज्ञ राखेर प्रतिष्ठानले उपचार सेवा सुरु गरेपछि मानसिक रोगका विरामिहरु अस्पतालमा स्वास्थ्य जाँच गर्न आउने सख्या बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिएका छन ।
प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डा सन्जिव पण्डितले विशेषज्ञ स्वास्थ्य सेवासंगै विरामिलाई परामर्शसमेत दिँदै आएका छन् । प्रतिष्ठानले मानसिक रोगका विरामीहरुलाई भर्ना गरेर उपचार गर्नका निमित्त ४ वेड समेत छुट्याएको र यसलाई बढाएर १० वेड पुर्याउने योजना रहेको रजिष्ट्रार थापाले बताए । मानसिक रोगको उपचारका लागि प्रतिष्ठानले विशेषज्ञ सेवा थपेसंगै जिल्ला बाहिर जानुपर्ने वाध्यता अहिले हटेको छ ।
मानसिक रोग विशेषज्ञ डा पण्डितले प्रतिष्ठानमा आएर उपचार गर्ने मानसिक रोगका विरामिहरुको सख्या बढ्दो रहेको र उपचारकाक्रममा धेरैजसो विरामिको स्वास्थ्यमा उल्लेख्य सुधार आएर घर फर्किने गरेको बताए । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले अस्पतालमा विगत ३ महीना यता ओपिडिमा ९ सय ९२ जना मानसिक रोगका विरामीहरुले स्वास्थ्य उपचारको सेवा पाएको जानकारी दिए ।
भट्टराइका अनुसार गएको जेठमा २ सय ८६ जना, असारमा ३ सय ५१ जना र सबैभन्दा धेरै साउनमा ३ सय ५५ जना मानसिक रोगका विरामीिले उपचार सेवा लिएका छन् । मानसिक रोग विशेषज्ञ डा पन्डितले जेठमा मनोत्रासका विरामी ८६ जना, डिपे्रसनका विरामी ६७ जना, गम्भिर मानसिक रोगका विरामि २७ जना, लागुऔषध तथा नसाजन्य विरामी २९ जना र अन्य ८२ जनाले सेवा पाएको बताए ।
त्यस्तै असारमा मनोत्रासका विरामी १ सय ५ जना, डिप्रेसनका विरामी ८६ जना, गम्भिर प्रकृतिका मानसिक रोगका विरामी २४ जना, लागुऔषध तथा नसाजन्य विरामी २३ जना र अन्य १ सय १० जना विरामीको उपचार भएको प्रतिष्ठानले जनाएको छ । यसैगरेर साउनमा मात्रै मनोत्रासका विरामी १ सय २ जना, डिप्रेसनका विरामी ८८ जना, गम्भिर प्रकृतिका मानसिक रोगका विरामी २४ जना, लागुऔषध तथा नसाजन्य विरामी १९ जना र अन्य ६४ जना विरामीले सेवा पाएका छन् ।
प्रतिष्ठानमा उपचारका लागि आएका मानसिक रोगका विरामीको यहाँ नै उपचार भएको र अस्पतालवाट विरामी रिफर सून्य रहेको डा पण्डीतले बताए । प्रतिष्ठानका सुचना अधिकारी भट्टराइले गएको जेठमा १७ जना, असारमा १५ जना, साउन १० जना मानसिक रोगका विरामीलाई भर्ना गरेर उपचार गरीएको जानकारी दिए ।
साथै प्रतिष्ठानमा सबै विधि अवलम्वन गर्दा पनि मानसिक रोगका विरामिको उपचार हुन नसकेको खण्डमा विद्युतिय माध्यमवाट पनि उपचार गर्ने गरी इसिटि सेवा सुरु गरीएको पण्डितले बताए ।