लीलाधर वली
घोराही, १५ भदौ । दाङमा चट्याङ लागेर दुई जना किशोरीको मृत्यु भएको छ ।
नेपाली नारीहरुको हरितालिका तीजको दिन मंगलवार राती नाचगान गर्ने क्रममा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घट्नामा मृत्यु हुनेमा गरौगाउँ निवासी १६ बर्षीय दीपा घर्ती र १९ बर्षीय मोनिसा शाह रहेका छन् । मंगलवार राती करिव ११ : ३० बजेतिर घट्ना घटेको थियो । तीजको दिन घरमा पुजापाठ सकेर रातीमा सालडाँडामा जम्मा भएर नाचगान गर्ने क्रममा चट्याङले हान्दा उक्त घट्ना घटेको प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिनुभएको छ ।
उक्त घट्नामा करिव १२ जना बढी महिला घाइते भएको र उनीहरु मध्य दुई जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार घाइतेहरुलाई उपचारका लागि घोराही ल्याउने काम भैरहेको बताउनुभएको छ ।